राष्ट्रिय समन्वय परिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पोखरामा सुरु भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृह सहित सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता वा निजले...

राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा

पोखरामा भेला भएका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई १७ बुँदे माग पत्र बुझाएका छन् । शुक्रबार पोखरामासम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकले १७ बँदे साझा पत्र तयार गरी प्रधानमन्त्रीलाई बुझाएका हुन् । सबै प्रदेशमा प्रदेशको निजामती सेवा ऐन बन्न नसकेको, प्रदेश निजामती सेवा ऐन निर्माण भएका प्रदेशमा समेत कार्यान्वयनमा बाधाभएको र कर्मचारीहरूको वृत्ति विकासमा अवरोध उत्पन्न भएकोले संघीय निजामती सेवा ऐन छिटो जारी हुनुपर्ने मुख्यमन्त्रीहरुले मागगरेका छन् । प्रदेश सरकारका कार्यालयहरू रहेका भवन र भवन परिसरका जग्गाको स्वामित्व प्रदेश सरकारलाई प्राप्त नहुँदा थप संरचना निर्माण गर्नर आर्थिक / प्रशासनिक काम व्यवस्थित गराउन समस्या देखिएकोले हाल प्रदेश सरकारले उपभोग गरिरहेका भवन र भवन परिसरकोजग्गा प्रदेश सरकारको स्वामित्वमा आउनु पर्ने, संघ सरकारले प्रदेशसंग समन्वय नगरी सहमति नलिई कर्मचारी सरुवा गरी पठाइदिनेगरेको कारणले प्रदेशलाई आवश्यक भएको कर्मचारी प्राप्त नहुने र आवश्यक नभएको कर्मचारी आइदिंदा कर्मचारी व्यवस्थापनमाकठिनाई भएकोले संघबाट कर्मचारी पठाउँदा प्रदेशको सहमतिका आधारमा पठाउने व्यवस्था हुनुपर्ने माग राखेका छन् । त्यस्सतै साझा अधिकार अन्तर्गतका विषयमा संघ सरकारबाट निर्माण हुनुपर्ने कानूनहरू निर्माण नहुँदा प्रदेश सरकारले कानून बनाउननपाएको र एकल अधिकारका सूचीमा रहेका विषयहरू समेत सम्बन्धित संघीय कानून नहुँदा प्रदेश सरकारबाट निर्मित कानूनकार्यान्वयनमा कठिनाइ भएकोले संघ सरकारबाट बन्नुपर्ने कानूनहरु शीघ्र निर्माण हुनुपर्ने माग मुख्यमन्त्रीहरुले राखेका छन् । साझा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारे संघीय सरकार गम्भीर रहेको बताउदै मुख्यमन्त्रीहरुले राखेको मागलाइ यथाशक्य छिटोसम्बोधन गर्ने बताउनुभयो । यस्ता छन् भेलाले बुझाएका माग: १.    नेपाल प्रहरीको प्रदेशमा समायोजन हुन नसकेकोले शान्ति सुरक्षा कायम राख्‍न, विपद् व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गर्न  र सुरक्षा निकायहरूसंग समन्वय गर्न समस्या भएकोले तत्काल प्रहरी समायोजन हुनुपर्ने। २.    सबै प्रदेशमा प्रदेशको निजामती सेवा ऐन बन्न नसकेको,...

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरुले बुझाए १७ बुँदे माग

 पोखरा गण्डकी प्रदेशमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ। गण्डकी प्रदेशमा मध्ये असार अर्थात् असार १५ गते सम्म १८ प्रतिशत रोपाइँ मात्रभएको कृषि विकास निर्देशनालयले जनाएको छ । मध्ये असारमा कास्की जिल्लामा ३० प्रतिशत वा ५ हजार १ सय ७५ हेक्टर...

मध्ये असार सम्म गण्डकी प्रदेशमा १८ प्रतिशत रोपाइँ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको...

कोशी प्रदेशका मुख्यमन्त्री कार्की विश्वासको मत पाउन असफल

असार १५, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित ढंगबाट अगाडि बढाउनुपर्नेबताउनुभएको छ । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीप्रचण्डले  सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो । अढाइ शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्त नेपालीहरुका लागि सङ्घीय शासन प्रणाली नितान्त नौलो अभ्यास भएकोबताउदै अब लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्नुपर्ने बताउनुभयो । संविधानले व्यवस्था गरेअनुरूपसहकार्यता,सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय शासन प्रणालीको सु–सञ्चालन गर्न पनि उहाँले मुख्यमन्त्रीहरुलाईआग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीकै तहबाट प्रदेश मुख्यमन्त्रीहरूसँग समयसमयमा छलफल र अन्तरक्रिया हुँदै आएको र प्रदेश मुख्यमन्त्रीहरूसमेतकोसहभागितामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक गर्ने पद्धतिको विकास गरिएकोसमेत सो अवसरमा जानकारी दिनुभयो। संघीयता कार्यान्वयनसम्बन्धी करिब ८० वटा ऐनहरू निर्माण तथा १६५ वटा कानूनहरू संशोधन भएको बताउदै केही महत्वपूर्ण ऐनहरूतर्जुमाका चरणमा रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घ, प्रदेश रस्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ कार्यान्वयनमा रहेको पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको साझा गन्तव्य सुशासन रसम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्ने भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैमा आग्रह गर्नुभयो । ...

सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँः प्रधानमन्त्री प्रचण्ड

पोखरा । संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न भन्दै ६ प्रदेशका मुख्यमन्त्रीहरु आज पोखरामा भेला भएका छन्। कोशी प्रदेशकामुख्यमन्त्री भने विश्वासको मत लिने कार्यसुचि रहेकाले उपस्थित हुन सक्नुभएन् । पोखरामा दोश्रोपटक हुन लागेको भेलाका लागि ६ वटा प्रदेशका मुख्यमन्त्री पोखरा आइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदकोकार्यालयले जनाएको छ।  मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयन र मुख्यमन्त्रीको आ–आफ्ना अनुभव बाँड्ने र प्रदेशका प्रमुख सचिवहरुले प्रिजेन्टेसन गर्ने कार्यक्रमतय भएको छ । संघिय सरकारले संविधान अनुसार प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन्। मुख्यमन्त्रीभेलाले घोषणा पत्र जारी गर्नेछ । मुख्यमन्त्रीको भेला सकिएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अध्यक्षतामा शनिबार भोलीअन्तर प्रदेश समन्वय परिषदको बैठक समेत बस्ने छ । ...

६ प्रदेशका मुख्यमन्त्री पोखरामा भेला,कोशी प्रदेशका मुख्यमन्त्री अनुपस्थित

नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । अहिले पहिरो खस्न...

१९ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीणभेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे...

हराउदै असारे भाका

आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवसमनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस...

आज असार १५,राष्ट्रिय धान दिवस,दही च्यूरा खाँदै रोपाइँ गरिँदै

© copyright 2025 and all right reserved to Kanchan News