१९ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

१९ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

  • Kanchan News

  • शुक्रबार, असार १५, २०८०

  • 77
    SHARES
१९ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।

विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । पहिरो भएको ठाउँमा खटिएका पण्डितका अनुसार ठाडो भिर भएकाले माथिबाट कहिले सानो त कहिले ठूलो पहिरो झरिरहेको बताए ।

‘सिमसिम पानी परेकाले विस्तारै खसिरहेको छ, बरु ठूलो पानी आइदिए एकैपटक हुन्थ्यो, सफा गर्न पनि सजिलो हुन्थ्यो, पहिरो खस्दाखस्दै कसरी सफा गर्ने निकै समस्या भयो,’ पण्डितले भने, ‘दुवैतर्फबाट सफा गर्न भनेर डोजर राखिएको छ, अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन थालेका छौं । तर पहिरो कतिबेला पन्छाउन सकिन्छ भनेर एकिन गर्न सक्ने अवस्था छैन ।’

सडक पहिराले अवरुद्ध हुँदा यातायातका साधन र यात्रुहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको प्रहरी प्रवक्ता पण्डितले बताए । मुग्लिन नै जाम हुने अवस्था आएको उनको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News