सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँः प्रधानमन्त्री प्रचण्ड

सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँः प्रधानमन्त्री प्रचण्ड

  • Kanchan News

  • शुक्रबार, असार १५, २०८०

  • 166
    SHARES
सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँः प्रधानमन्त्री प्रचण्ड

असार १५पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित ढंगबाट अगाडि बढाउनुपर्नेबताउनुभएको   शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीप्रचण्डले 

सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता  व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो 

अढाइ शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्त नेपालीहरुका लागि सङ्घीय शासन प्रणाली नितान्त नौलो अभ्यास भएकोबताउदै अब लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्नुपर्ने बताउनुभयो  संविधानले व्यवस्था गरेअनुरूपसहकार्यता,सहअस्तित्व  समन्वयको सिद्धान्तमा आधारित सङ्घीय शासन प्रणालीको सुसञ्चालन गर्न पनि उहाँले मुख्यमन्त्रीहरुलाईआग्रह गर्नुभयो 

उहाँले प्रधानमन्त्रीकै तहबाट प्रदेश मुख्यमन्त्रीहरूसँग समयसमयमा छलफल  अन्तरक्रिया हुँदै आएको  प्रदेश मुख्यमन्त्रीहरूसमेतकोसहभागितामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक गर्ने पद्धतिको विकास गरिएकोसमेत सो अवसरमा जानकारी दिनुभयो।

संघीयता कार्यान्वयनसम्बन्धी करिब ८० वटा ऐनहरू निर्माण तथा १६५ वटा कानूनहरू संशोधन भएको बताउदै केही महत्वपूर्ण ऐनहरूतर्जुमाका चरणमा रहेको स्पष्ट पार्नुभयो  प्रधानमन्त्री प्रचण्डले तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घप्रदेश स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन२०७७ कार्यान्वयनमा रहेको पनि बताउनुभयो 

प्रधानमन्त्री प्रचण्डले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको  अबको साझा गन्तव्य सुशासन सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्ने भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैमा आग्रह गर्नुभयो 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News