आज असार १५,राष्ट्रिय धान दिवस,दही च्यूरा खाँदै रोपाइँ गरिँदै

आज असार १५,राष्ट्रिय धान दिवस,दही च्यूरा खाँदै रोपाइँ गरिँदै

  • Kanchan News

  • शुक्रबार, असार १५, २०८०

  • 150
    SHARES
आज असार १५,राष्ट्रिय धान दिवस,दही च्यूरा खाँदै रोपाइँ गरिँदै

आज धान दिवस मनाइँदै विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवसमनाउन थालिएको हो कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो त्यसैले धान दिवस आज खेतमाकाम गरी दही चिउरा खाएर मनाइँदै

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमाधान रोपिन्छ छुपु छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँलाजस्ता लोकलयका गीत गाएर खेतमैरमाइलो पनि गरिन्छ

मध्य गर्मीको यो समयमा युवा लाठे युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् कामको चटारोलेथकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुनेविश्वास गरिन्छ असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ खेतीपातीबाहेक अन्य पेसा व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दहीअक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री बडामहाराजाधिराजपृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेरबनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको दहीले पाचन शक्ति पनि बढाउँछ

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News