नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। अघिल्लो जनगणनाको तथ्यांकभन्दा २७ लाख मात्रै वृद्धि भएको हो। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्रै छ।...
बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्याे । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उनले रु....
प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो । एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार...
सत्तारुढ गठबन्धनका उम्मेदवार तुलप्रसाद विक (राजेश) लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाका नेता विकले प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका कृष्ण सुनारलाई पराजित गरेका हुन् । प्रदेशसभामा ६६ सदस्य र स्थानीय तहमा ८८ पदाधिकारी रहेको एमालेका उम्मेदवार...
राष्ट्रिय सभा सदस्यको आज सम्पन्न निर्वाचनमा बागमती प्रदेश तर्फको खाली दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएको छन् । हेटौँडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधवार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्य गरी दुई सदस्यका लागि भएको निर्वाचनमा गठबन्धन दलका तर्फबाट उम्मेदवार...
माधव पराजुली, पोखरा गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका तिन ओटै उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यमा महिला कोटा बाट कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार निर्वाचित हुनुभएको छ...
सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ । आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी दावी गर्दै शाखा अधिकृतहरुले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।सर्वोच्चले लोक सेवा...
प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त...
राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् । बुधबार भएको मतगणना अनुसार गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको...
© copyright 2025 and all right reserved to Kanchan News