छोरेपाटन भूपू विद्यार्थी मञ्चले विद्यार्थी लक्षीत कार्यक्रम गर्ने

छोरेपाटन भूपू विद्यार्थी मञ्चले विद्यार्थी लक्षीत कार्यक्रम गर्ने

  • Kanchan News

  • बिहिबार, मंसिर २७, २०८१

  • 31
    SHARES
छोरेपाटन भूपू विद्यार्थी मञ्चले विद्यार्थी लक्षीत कार्यक्रम गर्ने

 

पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यार्थी लक्षीत विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको हो ।

मञ्चको आयोजनामा यहि मंसीर २८ गते शुक्रबार चित्रकला प्रतियोगिता र पुसको ५ गते देखि आँखा परिक्षण कार्यक्रम गर्ने भएको छ ।

जलवायु परिवर्तनका असर र चुनौतीहरु विषयमा हुने उक्त प्रतियोगितामा कक्षा ६ देखि १२ सम्मका १०० भन्दा वढि विद्यार्थीहरुले भाग लिन सक्ने छन् भने प्रथम, दितिय र तृतियलाई क्रमशः ३ हजार, २ हजार र एक हजार नगद पुरस्कार साथमा प्रमाणपत्रको व्यवस्था गरिएको कार्यक्रम संयोजक छवि पनेरुले वताउनु भयो ।

त्यस्तै भुपु विद्यार्थी मञ्चको आयोजनामा पुसको ५ गते देखि हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा निशुल्क आँखा परिक्षण कार्यक्रम पनि गरिने भएको छ । आँखा शिविरको कार्यक्रम संयोजक मञ्चका सचिव शालिकराम भण्डारीले सबै तयारी पुरा भएको वताउनु भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News