आफ्नो कार्यकालमा ३ लाख युवा उद्यमी जन्माउने अध्यक्ष थेबेको घोषणा

आफ्नो कार्यकालमा ३ लाख युवा उद्यमी जन्माउने अध्यक्ष थेबेको घोषणा

  • Kanchan News

  • बिहिबार, जेष्ठ १६, २०८२

  • 58
    SHARES
आफ्नो कार्यकालमा ३ लाख युवा उद्यमी जन्माउने अध्यक्ष थेबेको घोषणा

पोखरा ।
राष्ट्रिय युवा संघ नेपालको पोखरामा हालै भएको दशौं महााधिवेशनबाट अध्यक्षमा दोहोरिएका क्षितिज थेबेले बुधबार पत्रकारबिच संघको भावी योजना सुनाएका छन् । पत्रकार सम्मेलन गरी उनले युवा संघ आयमूलक काम, व्यवसायमा जुट्ने बताए ।

देशमा युवालाई व्यवसाय र रोजगारसँग जोडने नीति अघिल्लै कार्यकालबाट सुरु गरेको बताउँदै उनले यसलाई अझ विस्तारित गर्ने सुनाए । महेश बस्नेतको पालामा बुटवलबाट सुरु गरिएको यो अभियानलाई निरन्तरता दिँदै अघि बढ्ने उनको योजना छ ।

आफ्नो ३ वर्षे कार्यकालमा करिब ३ लाख युवा उद्यमी जन्माउने र त्यसबाट ३० लाख रोजगार बढाउने उनको योजना छ ।
चुनावको हारजितलाई प्राविधिक विषयमात्र मानेर जाने उनले बताए । ‘यो हाम्रो आन्तरिक प्रतिस्पर्धा एकदमै सभ्य भव्य अनि स्वस्थ प्रतिस्पर्धाका बिच अघि बढ्नेछ । यसमा कोही पनि धेरै हर्षित र दुखी हुनु हुँदैन ।

यो पार्टीको आन्तरिक जीवनको प्रतिस्पर्धा हो,’ उनले भने, ‘हार्ने र जित्नेको बिचमा ठूलो भिन्नता हुँदैन । निर्वाचनमा हारेको टिमलाई पनि समेटेर एकतावद्ध भएर अघि बढ्नेछ ।’ थेबेले आन्तरिक प्रतिस्पर्धामा कोही विजेता र कोही उपविजेता बनेको टिप्पणी गरे ।

थेबेले महाधिवेशनमा झण्डै १ करोड खर्च भएको जनाए । महाधिवेशन आयोजना गर्न कसैबाट पनि चन्दा, सहयोग नमागिएको उनको भनाइ छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिले चढेको गाडी र भएको खर्चबारे सोधिएको प्रश्नमा थेबेले भने, ‘हामी सबै आयमूलक काम, व्यवसायमा जुटेका छौं, कसैको चन्दा र सहयोग लिएर पोखरा आएका होइनाैं ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News