नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA जिल्ला कार्य समिति, कास्की र गण्डकी प्रदेश कार्य समिति को संयुक्त आयोजनामा मिति २०८१ साल भाद्र १० गतेका दिन श्रीकृष्ण अष्टमिको अवसरमा निःशुल्क औषधी र प्रजननका लागि वोयर बोका हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता NELTA KASKI का अध्यक्ष वसन्त राज कोईरालाको अध्यक्षतामा/ पोखरामहानगरपालिका वडा न १६ कास्कीका वडा अध्यक्ष श्री अमृत शर्मा तिमिल्सिनाज्यूको प्रमुख आतिथ्यतामा/ NELTA NEPAL का केन्द्रिय महासचिव सुरेश कुमार श्रेष्ठज्यूको विशिष्ट आतिथ्यतामा NELTA NEPAL का केन्द्रिय उपाध्यक्ष एव गण्डकी प्रदेशका अध्यक्ष श्री सहदेव पौडेल/ केन्द्रिय सदस्य श्री डिल्लीराम रेग्मीज्यू/ NELTA गण्डकी प्रदेशका कोषाध्यक्ष शुशिल वास्तोला/ कास्कीका उपाध्यक्ष पुष्पराज अधिकारी सहित पदाधिकारीहरुको समउपस्थितिमा कार्यक्रम संचालन सचिव प्रकाशरमण अधिकारीले गर्नु भएको थियो भने स्वागत मन्तव्य डिल्लीराम रेग्मीले गर्नु भएको थियो । प्रमुम अथिथि र विशिषट अतिथिज्यूहरुद्धारा फार्म संचालक महेन्द्र खडकाज्यूलाई हस्तान्तरण गरिएको थियो भने पोखरामहानगरपालिका वडा न १६ जुम्लेटी अर्मला कास्कीमा रहेको अर्मला मिलिजुली कृषि फार्म (गाई र बाख्रा) फर्ममा रु ५००००। पचास हजार वरावरको औषधी र रु १२००००। एक लाख विस हजार रुपैया पर्ने प्रजनन योग्य वोयर जातको व्याडे बोका समेत निःशुल्क रुपमा हस्तान्तरण गरिएको छ । साथै पोखरामहानगरपालिका वडा न १६ कुर अर्मला कास्कीमा अवस्थित अन्नपुर्ण वाल आश्रममा रहेको गाई भैसी र बाख्राहरुको लागि करिव २०००००। विस हजार रुपैया वरावरको औषधि आश्रमका संस्थापक अध्यक्ष शारदा वस्नेतज्यूलाई निःशुल्क औषधी हस्तानतरण गरि प्राविधिक सेवा समेत गरिएको थियो । धन्यवाद जय पशुधन जय किसान जय नेल्टा ।