पाेखरा महानगर पालिकाकाे वडाअध्यक्षमा सत्तारुढ पार्टीबीचकाे गठबन्धनकाे प्रयास असफल भएकाे छ । वडा भागबण्डामा दलहरुबीच स्थानीय तहमा सहमति हुन नसक्दा गठबन्धनकाे प्रयास असफल भएकाे हाे । सबै वडामा गठबन्धनका उम्मेदवारले दिएकाे उम्मेदवारी कायमै रहेकाे छ ।
पाेखरा महानगरकाे वडाध्यक्षकाे टिकट पार्टीकाे केन्द्रले नै हस्ताक्षर गरेर दिएकाले गण्डकी प्रदेश कमिटीले फिर्ता गराउन नमिलेकाे नेपाली कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिम प्रकाश बरालले समाधानलाई बताए । केन्द्रले फिर्ता लिए नलिएकाे अहिलेसम्म थाहा नभएकाे उनकाे भनाइ छ ।
यता कास्कीका मुख्य निर्बाचन अधिकृत श्रीकृष्ण भट्टराईले अहिलेसम्म केन्द्रबाट उम्मेदवारी फिर्ता बारेमा पत्र आएकाे आफुले थाहा नपाएकाे समाधानलाई बताएका छन् । उम्मेदवारी फिर्ता लिने समय सकिसकेकाे छ ।
स्थानीय तहमा गरिएकाे भागबण्डामा २० वडा कांग्रेस, ८ वडा माओवादी केन्द्र र ४ वटा वडा नेकपा एसलाई परेकाे थियाे । नेकपा एस र माओवादीकाे भागमा परेका वडामा काग्रेसका कार्यकर्ता आन्दाेलित भएका थिए । अब भने सबै वडामा कांग्रेसकाे उम्मेदवारी कायमै रहेकाे छ भने माओवादी र एसले दिएकाे उम्मेदवारी पनि कायमै रहेकाे छ ।
मेयर र उपमेयरमा भने भागबण्डा अनुसार नै भएकाे छ । मेयरमा नेकपा एसबाट धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट काेपिला रानाभाटकाे उम्मेदवारी परेकाे छ । यद्यपी मेयरमा कांग्रेसका विमल कार्कीकाे बागी उम्मेदवारी कायमै रहेकाे छ ।