संघीय संसद्को प्रतिनिधिसभा बैठक आज आइतबार दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसुची छ । कार्यसूचीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध...
पोखरा नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले यस अघि पनि अध्यक्ष रहेका बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको बरिष्ठ उपाध्यक्षमा गणेश...
पर्वत । पर्वतमा आजबाट १३औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु भएको छ । एक हप्तासम्म सञ्चालन हुने अभियानका लागि औषधी खानेहरूको औषधी सेवन परिचय पत्र बनाउन थालिएको छ । औषधी लिएर जाने तर नखाने कारण औषधी सेवन कार्यक्रम प्रभावकारी नभएपछि...
निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारको लागि निर्वाचन खर्च सीमा तोकेको छ। आयोगले शुक्रवार वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचन सन्दर्भमा दलका प्रतिनिधिसँगको छलफलमा निर्वाचन खर्चका लागि सीमा निर्धारणबारे जानकारी गराएको हो। जसअन्तर्गत महानगरपालिकाको प्रमुख/उपप्रमुखका उम्मेदवारको अधिकतम खर्च सीमा ७ लाख ५०...
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वीरगञ्जको मेयर निर्वाचित सरावगी आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो । सरावगीलाई शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । सरावगीलाई पार्टी...
काठमाडौं । माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२...
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरेका छन् ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने ? भन्ने प्रश्न उठाउँदै अहिले...
पोखरा । नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नयाँ नेतृत्व निर्वाचित गर्ने महाधिवेशनमा सहमतिकै आधारमा कमिटी बनाउने तयारी नेताहरूले गरिरहेका छन् । चौतारीको नेतृत्व हात पार्न आकांक्षीहरूले दौडधुप गरिरहेका छन् ।...
© copyright 2025 and all right reserved to Kanchan News