ओलीको कटाक्षः सर्वोच्च अदालतमा गोरुले ५ ओटा बाच्छा पायो

ओलीको कटाक्षः सर्वोच्च अदालतमा गोरुले ५ ओटा बाच्छा पायो

  • Kanchan News

  • शुक्रबार, फाल्गुन २७, २०७८

  • 244
    SHARES
ओलीको कटाक्षः सर्वोच्च अदालतमा गोरुले ५ ओटा बाच्छा पायो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरेका छन् ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने ? भन्ने प्रश्न उठाउँदै अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरेका छन् ।

ओली शुक्रबार पोखरामा सुरु प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै थिए । ‘गोरु ब्याएन मात्रै ५ वटा बाच्छा पायो,ु उनले भने । ओलीले आफ्नो सरकार ढालेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछुताइरहेको पनि सुनाए । ‘सरकार ढलाएर गए, अहिले भित्रबाट प्रसाद आउँछ भनेर ढोकाबाहिर पर्खिएर बसेका छन्” उनले भने । उनीहरुको बुद्धि बिग्रिएर त्यस्तो भएको ओलीको टिप्पणी थियो ।

अध्यक्ष ओलीले संसदले सरकार बनाउने अधिकार समेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताए । मुद्दा मामिलाबाट सरकार बनाउने जाली फटाहाको राजनीति एउटा र जनादेशमा आधारित राजनीति अर्को दिशामा रहेको उनले बताए ।

पत्रकारहरुलाई उनले परमादेश सरकारबारे भ्रममुक्त हुन आग्रह गरे । ‘पहिला तपाईंहरु भ्रममुक्त हुनुभयो भने अरुलाई भ्रममुक्त पार्न सक्नुहुन्छ,’उनले भने । कतिपय बुद्धिजीवीले एमालेको समर्थनमा लेख्दा त्यो एकपक्षीय भनिने गरेको र परमादेशीको पक्षमा लेख्दा राम्रो मान्ने गरिएको उनले बताए । त्यसलाई उनले बौद्धिक दिवालियापनको संज्ञा दिए ।

अहिले राष्ट्र निर्माणको राजनीति एउटा छ, अर्को देश बिगार्ने राजनीति चलिरहेको उनको भनाइ थियो । देशको राजनीति बिग्रन नदिन बलिदान नदिइकन संघर्ष र दबाबबाट निर्वाचनका माध्यमबाट ठेगाना लगाउनुपर्नै खाँचो ओलीले औंल्याए । ‘जनतालाई गलत कुरा ल्याउने काम भइरहेका छन्, ती गलतको खण्डन गर्ने काम तपाईंहरुको,’उनले पत्रकारहरुलाई भने, ’सत्यको संवाहक बन्नुहोस् ।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News