मौद्रिक नीति अगाडि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढावको अवस्थामा रहेको बजार १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको छ । यो ०.०६ प्रतिशतको मात्र गिरावट हो ।...
आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख...
अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गर्नुभयो । सरकारले अर्थतन्त्रलाई चलायमान...
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार बराबरको बजेट ल्याएको छ। १३ औं नगर सभामा आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गर्नुभयो । बजेटको स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख, राजश्व बाँडफाड ८ करोड २५ लाखव्यहोर्ने रहेको छ । स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१हजार प्राप्त हुने अनुमान गरिएको छ । बाकीँ चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने बताईएको छ । पूर्णपाठBudget-Speech-pokhara-2080-81-final ...
पोखरा गण्डकी प्रदेश सरकारले ल्याएको बजेट माथी टिप्पणी गर्दै नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जनतामा उत्साह भर्ने बजेट नभएको बताउनुभएको छ । प्रदेश सरकारले ल्याएको बजेटको प्रतिक्रिया दिदैँ प्रमुख सचेतक नेपालीले यो बजेटले जनतामा नैराश्यता कायम गर्ने...
पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड बराबरको बजेट ल्याएको छ । शुक्रवार आर्थिक मामिलातथा योजना मन्त्री जीतप्रकाश आले मगरले आउँदो आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।...
राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्य अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वीकार गरेका छन् । यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ शीर्षकगत विवरणका आधारमा सच्याउने उनले बताएका छन् । सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिंदै...
चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब पाँच अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । राष्ट्र बैंकका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण...
पोखरा पोखरा महानगरपालिकाको बेरुजु २ अर्ब ७९ करोड ३१ लाख १३ हजार पुगेको छ । महालेखापरिक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९ मा पोखरा महानगरपालिकाको बेरुजु २ अर्ब ७९ करोड ३१ लाख १३ हजार पुगेको हो । गत वर्ष पोखरा महानगरको...
© copyright 2025 and all right reserved to Kanchan News