नेपालका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच “वान अन वान’ र्वाता

नेपालका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच “वान अन वान’ र्वाता

  • Kanchan News

  • शनिबार, चैत्र १९, २०७८

  • 100
    SHARES
नेपालका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच “वान अन वान’ र्वाता
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान अन वान’ भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो ।

भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । ‘दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने उपायका बारेमा विचार आदानप्रदान गरेका छन्,’ प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर मार्फत जानकारी दिइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पनि दुई प्रधानमन्त्री सम्बन्धलाई नयाँ उचाई दिने कुरामा छलफल भएको जनाएका छन् । ‘नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मिलेर काम गर्ने,’ देउवा र मोदीबीच भएको छलफलबारे उनले ट्वीटरमा लेखेका छन्, ‘बहुपक्षीय साझेदारीमा व्यापक एजेण्डाहरु वार्तामा छन् ।’

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनी आइतबार स्वदेश फर्कनेछन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News