लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको बैठक, समाज सेवामा लायन्स अगाडी– प्राडा भण्डारी

लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको बैठक, समाज सेवामा लायन्स अगाडी– प्राडा भण्डारी

  • Kanchan News

  • सोमवार, मंसिर १७, २०८१

  • 4
    SHARES
लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको बैठक, समाज सेवामा लायन्स अगाडी– प्राडा भण्डारी

 

पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीले लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको बताएका छन् । लायन्स इनटरनेशनल डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक तथा सम्मान समारोहमा प्रा.डा. भण्डारीले लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको बताए ।

उनले लायन्स भनेको पहिलो आफुलाई सामान्य संस्था जस्तो लागेपनि बुझ्दै जाँदा ठुलो संस्था रहेको बताए । उनले लायन्सले आखाँ उपाचार र समाज सेवामा ठुलो योगदान दिएको बताए ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर सुमन भट्ट, निर्वतमान डिष्ट्रिक गभर्नर पमेश्वर बराल, पुर्व गभर्नरहरु मनिश्री रत्न ब्रजाचार्य, भुगोल शेरचन, गौतममान श्रेष्ठ लगाएतले लायन्सले गर्न काम गर्दै आएका कामका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा विभिन्न अवार्ड प्रर्दान तथा लायन्समा निरन्तर २५ वर्ष सदस्यहरुका करिब १ सय भन्दा बढि जनालाई सम्मान गरेका थिए ।

लायन्स क्लब अफ मुनालको आयोजना तथा लायन्स क्लब अफ मर्दीको सहआयोजनामा भएको डिस्ट्रिक्ट ३२५ एलको दोस्रो क्याबिनेट बैठकले विभिन्न नियर्ण समेत गरेको छ । बैठकले सचिब र कोषाध्यक्षको प्रतिबेदन र विभिन्न तीन वटा अन्तराष्ट्रिय योजनाहरु समेत पास गरेको डिष्ट्रिक एजुकेटिभ चिफ ज्ञानेन्द्रराज कोइरालाले जानकारी दिए ।

त्यसै गरी सदस्यहरुका लागि मोटिभेसनल स्पिच, आयुबेद सम्मबन्धी जानकारी र व्यवसायमा सफलताका कथाहरु सुनाएर प्रशिक्षण दिएको कार्यक्रमका सहसंयोजक राजु अधिकारीले जानकारी दिए ।

सन् १९१७ मा सिकागोमा सुरुवात भएको लायन्स क्लब संसारभर करिब ५० हजार क्लबहरुमा करिब १४ लाख सदस्य आवद्ध छन् । हाल नेपालमा करिब २ हजार क्लबमा ४५ हजार भन्दा बढि सदस्य आवद्ध छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News