युवा पलायनको असर विश्वविद्यालयहरूमा

युवा पलायनको असर विश्वविद्यालयहरूमा

  • सन्तोष पौडेल

  • शुक्रबार, साउन ५, २०८०

  • 746
    SHARES
युवा पलायनको असर विश्वविद्यालयहरूमा

कक्षा १२ सम्मको माध्यमिक तहको अध्ययन पुरा गरेपछि नेपालको औपचारिक शिक्षा प्रणाली अनुसार स्नातक तह अर्थात विश्वविध्यालय अन्तर्गतको शिक्षा प्रारम्भ हुने गर्दछ । आज सम्म आईपुग्दा दर्जन भन्दा बढि विश्वविद्यालयहरू नेपालमा स्थापना भई बिद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउदै आईरहेका छन । यसरि झट्ट हेर्दा नेपालमा रहेका विश्वविद्यालयहरूको संख्या अनुसार विश्वविद्यालयहरू गुणस्तरिय प्रतिश्पर्धामा आउनुपर्ने हो तर त्यस्तो पाईदैन । यसै सन्दर्भमा , नेपालकै जेठो र सबैभन्दा बढी बिद्यार्थीहरूको आकर्षणको केन्द्रबिन्दुको रूपमा रहेको त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय बिद्यार्थीहरूको संख्या घट्दो क्रममा रहेको छ । यसै कुरालाई मध्यनजर गर्दै स्नातक तहलाई चार बर्ष बाट घटाएर तिन बर्षे बनाउने छलफल त्रिभुवन विश्वविद्यालयमा हुन थालेको छ । बिद्यार्थी संख्या कम हुनुमा स्नातक तहको समयअबधिले केहि हदसम्म प्रभाब पाकेको होला तर प्रमुख समस्या भने होईन । कक्षा ११ र १२ को भर्ना दर र स्नातक तहको भर्ना दर हेर्ने हो भने आकास जमिनको फरक देखिन्छ । अझै स्नातकोत्तर तहमा बिद्यार्थीहरूको आकर्षण बढ्न नसक्नु के के कारणहरू हुन सक्छन त ? तिनै सम्भाबित कारणहरू र त्रिभुवन विश्वविद्यालयमा बिद्यार्थी संख्या कम हुनु र भर्ना भएकाहरू मध्यपनि धेरै बिद्यार्थीहरूले बिचमै पढाई छाड्नुको प्रमुख कारणहरू के होलान त ?

विश्वविद्यालयहरूको संख्या थपिदै जानु ,
नेपालकै एक्लो विश्वविद्यालय अहिले दर्जन भन्दा बढि विश्वविद्यालयहरूसंग प्रतिश्प्रधा गर्दै बिद्यार्थी संख्या बाड्न बाध्य भएको छ । जसकारण त्रिभुवन विश्वविद्यालयमा पढ्ने बिद्यार्थीहरू आफुले चाहे अनुसारको बिषय पढ्न अन्य विश्वविद्यालयहरूमा जाने गर्दछन । साथै आफुलाई पाई पर्ने नजिकको कलेज र छात्रवृती लगायत अन्य बिबिध कारणहरूले गर्दा पनि विद्यार्थीहरू अन्य विश्वविद्यालयमा जाने गर्दछन ।

बार्षिक कार्यतालिकाको निर्माण गरि कार्यन्वयन नगर्नु,
मानिसको जिवनमा प्रगति मापन गर्ने प्रमुख आधार नै समय हो । तर त्रिभुवन विश्वविद्यालय जस्तो गौरवशाली संस्थामा बिद्यार्थीहरूको भर्ना , पढाई अबधि , परिक्षा र नतिजा प्रकाशनको लागी कुनै कार्यतालीका निर्माण गरिएको छैन यदि गरियो भने पनि कार्यन्वयन नहुनु दुखद पक्ष हो । बिद्यार्थीहरूलाई पहिलो बर्षमा भर्ना गर्नको लागी आतुर हुने तर त्यसपछाडी कुन भर्ना बर्षको बिद्यार्थीहरूलाई कुन समयसम्म उत्तिण गराईसक्ने भन्ने बिषय त्यति चासोको साथ लिएको पाईदैन । जसकारण बार्षिक परिक्षा प्रणाली अन्तर्गतका बिद्यार्थीहरू हतासिने गरेको र रोजगारको शिलशिलामा बिचमै पढाई छाडेर बिदेशिने गरेको पाईएको छ । त्यसैले प्रथम बर्षमा भर्ना हुने र त्यहि ब्याचको चौथो बर्षमा उत्तिण हुने बिद्यार्थीहरूको संख्यामा ठुलो भिन्नता देखिन आएको छ ।

प्रयोगात्मक शिपमुलक शिक्षाको अभ्यास कम हुनु ,
“ब्यबहारमा उतार्न नसकिने ज्ञानको कुनै औचित्य हुदैन “भने जस्तै हाम्रा पाठ्यक्रमहरू जिबन उपयोगी भन्दा पनि बढी अध्ययन अध्यापनको प्रकृयालाई थेग्नको लागी मात्र निर्माण गरेजस्ता छन , आफ्नो अध्ययन पुरागरे पछीआफ्नो ज्ञानलाई कहा प्रयोग गर्ने भन्ने कुराको कुनै उत्तर नै छैन जसको कारण उच्च अंकको लब्धांकपत्रलाई ओझिले जिम्मेवारीले अठ्याउन थालेपछी शिक्षित बेरोजगारको रूपमा बिदेशिनु बाहेक अरू केहि बिकल्प नरहने पहिल्यै थाहा भएको पाएपछि सुरूमै बिदेश पलायन हुनेको संख्या बढ्दो छ ।

राजनीतिक प्रभाब
कुनै गतिलो कलेजमा अध्ययन गर्न देखि लिएर रोजगार , ब्यपार , ब्यबसाय सम्मका हरेक गतिबिधिका लागी राष्ट्रिय तथा स्थानिय राजनैतिक दल तथा तत्वको प्रभाब हुनु । विश्वविद्यालयका उपकुलपति , प्रध्यापकहरू नियुक्ति गर्दा क्षमता भन्दा पनि राजनीतिक भागबन्डाका आधारमा नियुक्त गर्नु जसकारण शिक्षाको गुणस्तरमा कमी र कार्यसम्पादनमा ढिलासुस्ति देखिनु दुखद पक्ष हो । भागबन्डा नमिलेको खण्डमा बिशेष पदहरू लामो समय सम्म रिक्त राख्नु पनि अर्को त्रि. बिलाई असफल बनाउने कारण हो ।

मौलिकतालाई ख्याल नगरि हतारमा बिदेशि शैक्षिक प्रणाली लागु गर्नु
नेपालको लागी आबस्यक शिक्षा पद्दतीमा खोज अनुसन्धान गरि लागु गर्नुको साटो कुन देशमा कस्तो शिक्षा प्रणाली सफल भएको छ त्यसको नेपालमा हुनसक्ने नतिजाको पुर्वानुमान नगरि बिदेशि शिक्षा प्रणाली लागु गर्नु नै मुर्खता हो । बिद्यार्थीहरू भर्ना गर्ने बिधि , शिक्षण समय , शिक्षण बिधि , परिक्षा संचालनका बिधिहरू मौलिक बनाउन नसक्नु नेपालको शिक्षा क्षेत्रको ठुलो कमजोरी हो ।

यस्तै अझ धेरै कारणहरूले गर्दा विश्वविद्यालयमा बिद्यार्थीहरू कम भैरहेका छन भने युवा शक्ति आफ्नो ज्ञान, सिप र क्षमतालाई पस्कने मैदानको खोजिमा बिदेशिन बाध्य भएका छन । अझै पनि उच्च संभावनाका बाटोहरू देशभित्रै बनाउन नसके एकदिन कुल जनसंख्याको १०% युवा जनसंख्या पनि देश भित्र रहनेछैनन । त्यसकारण अध्ययन संगसगै रोजगारिको ब्यबस्था र महंगा सेमेस्टर प्रणालीका पढाईहरूलाई सस्तो शुल्कमा पढ्न पाउने गरि परिमार्जन गरिनुपर्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News