आज राति देशका केही स्थानमा भारी वर्षाको संभावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको हो। देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ।
आज दिउँसो भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले देशभरको मौमम सामान्य छ। देशको प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भु-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।