गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन्...
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ। गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली प्रदेश सभाको ४० जना सदस्यमध्ये २५ जना...
कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा...
आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । धान दिवसको अवसर पारेर कर्णालीमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदासमेत दिइएको छ । असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रूपमा चिनिन्छ । आजको दिन किसानहरुले दही चिउरा खाएर हर्ष उल्लासका साथ सामूहिक...
आज देशभरका सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति...
कर्णाली सरकारका नाममा उच्च अदालत सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर मन्त्रिपरिषद्मा संविधानमा व्यवस्था भएअनुसार महिला र दलितको प्रतिनिधित्व नगराइएको भन्दै मंगलबार उच्च अदालतमा रिट दायर भएको थियो। अघिवक्ता शेरबहादुर...
कर्णाली प्रदेशमा सरका र प्रतिपक्ष दल नेकपा एमालेबीच संसद्को गतिरोध खुलाउन सात बुँदे सम्झौता भएको छ। यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमालेले अवरोध...
मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्दा पनि कर्णाली प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसका जीवन बहादुर शाही मुख्य मन्त्रीमा नियुक्त भएको तीन महिना पुगे पनि मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको हो । मुख्यमन्त्रीसहित आठ...
© copyright 2024 and all right reserved to Kanchan News