अपूर्ण कर्णाली प्रदेश सरकार, तिन महिना सम्म पनि भएन मन्त्रीपरिषद् विस्तार

अपूर्ण कर्णाली प्रदेश सरकार, तिन महिना सम्म पनि भएन मन्त्रीपरिषद् विस्तार

  • Kanchan News

  • आइतवार, माघ १६, २०७८

  • 187
    SHARES
अपूर्ण कर्णाली प्रदेश सरकार, तिन महिना सम्म पनि भएन मन्त्रीपरिषद् विस्तार

 मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्दा पनि कर्णाली प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसका जीवन बहादुर शाही मुख्य मन्त्रीमा नियुक्त

भएको तीन महिना पुगे पनि मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको हो । मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा माओवादी केन्द्रले चार र समाजवादीले तीनवटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

यसो गर्दा कांग्रेसको भागमा मुख्यमन्त्रीबाहेक कुनै पनि मन्त्रालय नपर्ने भएपछि मन्त्रीमण्डल विस्तार नभएको हो । कांग्रेसले आफूले दुई मन्त्रालय राखेर माओवादीलाई तीन र समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रीमण्डललाई पूर्णता दिने कसरतमा छ ।हाल सरकारमा माओवादी केन्द्र र समाजवादीबाट एक–एक जना मन्त्री छन् । कर्णाली प्रदेशमा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हो । माओवादी केन्द्रसँग १२ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग ६ र नेकपा एकीकृत समाजवादीसँग ३ सांसद छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News