एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति जनाएका छन् । आज संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले राजश्व संकलन देशको आन्तरिक विषय...
सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । https://drive.google.com/file/d/11XxP31aKYpPOqhnaSFleOEmsnOtFOB9o/view?mibextid=Zxz2cZ ...
हिमाली जिल्ला मुस्ताङ भ्रमणमा आएका विदेशी पर्यटकमध्ये ६ महिनाको अवधिमा १० जनाको मृत्यु भएको छ। चालु वर्षको मंसिरदेखि वैशाखको पहिलो हप्तासम्म १० जना विदेशी पर्यटकको हाईअल्टिच्युडले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । समुन्द्री सतहबाट ३ हजार मिटर उचाइमा...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू...
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको पहिलो दिन नै प्रतिनिधिसभा नियमावलीको नियम निलम्बन गरिएको छ । प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १५ जना सांसदले मात्र प्रश्न सोध्न पाउने व्यवस्था छ । तर बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्न १५ जना भन्दा बढी...
यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा तीन दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने...
पोखरा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली छड्के अनुगमनमा निस्कनु भएको छ । बुधबार मन्त्री जुग्जाली यातायात व्यवस्था कार्यालय पोखरामा पुगेर उक्त कार्यालयको छड्के अनुगमन गर्नुभएको छ । अनुगमन गर्दै मन्त्री जुग्जालीले सेवाग्राहीले उठाएका...
सर्वोच्च अदालतले तत्कालीन विद्रोही माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रूपैयाँ राहतस्वरूप उपलब्ध गराउने भनी सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अयोग्य लडाकुलाई राहतस्वरूप दुई/दुई लाख रूपैयाँ उपलब्ध गराउने निर्णयमा सरकारसँग...
नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना...
© copyright 2025 and all right reserved to Kanchan News