रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

  • Kanchan News

  • आइतवार, जेष्ठ ७, २०८०

  • 50
    SHARES
रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति जनाएका छन् ।

आज संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले राजश्व संकलन देशको आन्तरिक विषय भएको बताए ।

गत जेठ १ गते प्रधानमन्त्री प्रचण्डले कूटनीतिक समुदायसँग छलफल गर्ने क्रममा देशको आर्थिक अवस्थाबारे ब्रिफिङ गरेका थिए । उक्त छलफलका क्रममा प्रधानमन्त्रीले राजश्व संकलनमा अप्ठेरो परिरहेको विषय उठाएको भन्दै ओलीले आपत्ति जनाएका हुन् ।

‘सरकार प्रमुखले दातृ समुदायसँगको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन ?’ ओलीले प्रश्न गरे ।

सरकार आफ्नो प्रारम्भिक कर्तव्यमै असफल भएको र त्यसको झलक नीति तथा कार्यक्रममा देखिएको उनले बताए । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै ओलीले भने, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News