आर्थिक दुर्घटना बाट बच्न र सुरक्षित भविष्यका लागि वित्तीय अनुशासन आजको आवश्यकता

आर्थिक दुर्घटना बाट बच्न र सुरक्षित भविष्यका लागि वित्तीय अनुशासन आजको आवश्यकता

  • प्रकाश पौडेल

  • बिहिबार, चैत्र ८, २०८०

  • 706
    SHARES
आर्थिक दुर्घटना बाट बच्न र सुरक्षित भविष्यका लागि वित्तीय अनुशासन आजको आवश्यकता

 

विश्वव्यापी रूपमा ग्लोबल मनी विक विभिन्न कार्यक्रम आयोजना गरेर एक साथ मनाइँदै छ । यस विषयमा आधारित भएर रिलायन्स फाइनान्सका पोखरा शाखा प्रमुख प्रकाश पौडेल सँग हाम्रा सवादाताले गरेको संक्षिप्त कुराकानीको सार ।

. ग्लोबल मनी वीक भनेको के हो  ?  यसको बारेमा संक्षिप्त बताईदिनुसन  ?

OECD नामक अन्तर्राष्ट्रिय संस्थाले सन २०१२ बाट विश्वभरका युवा तथा बालबालिककाहरुलाई जागृत गराउनका लागि सुरु गरेको एउटा वित्तीय अभियान हो । अहिले २०२४ सम्म आई पुग्दा १२ औ संस्करण पुगेको छ । यसको परमानेन्ट थिम ” Learn, Save, Earn” रहेको छ  भने वर्ष २०२४ को  लागि ” Protect Your Money, Secure Your Future” भन्ने थिम रहेको छ  ।  यो सप्ताह विश्व भरनै एक साथ अङ्ग्रेजी महिनाको मार्च १८ बाट मार्च २४ सम्म आर्थिक क्रियाकलाप सँग  सम्बन्धित विभिन्न सचेनतामुलक कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । यस कार्यक्रमको मुख्य लक्षित वर्ग भनेको युवाहरू हुन । यसको मुख्य उद्देश्य भनेको पैसाको महत्त्व बुझाउने, वित्तीय जागरण ल्याउने, वित्तीय कारोबारका लागि अभिप्रेरित गराउने तथा विभिन्न वित्तीय सेवाहरू सँग सम्बन्धित कुराहरू सिक्ने र सिकाउने अभियान रहेको छ ।

. नेपालमा कसरी ग्लोबल मनी वीक समापन हुदैछ ?    

नेपालमा पनि नेपाल राष्ट्र बैङ्कको नेतृत्वमा यो वर्षको मुख्य थिम “आफ्नो पैसाको रक्षा गरौँ, आफ्नो भविष्यको सुरक्षा गरौँ भन्ने” नाराका साथ नेपाल राष्ट्र बैंककमा विभिन्न विभाग, इजाजत प्राप्त वित्तिय  संस्थाहरु, विमा कम्पनी सहकारी, धितोपत्र बोर्ड लागएतका वित्तीय गतिविधिमा संलग्न संस्था तथा व्यत्तिहरुले यो सप्ताहलाई मनाईरहेका छन् । जस अन्र्तगत विभिन्न आर्थिक जागरण गराउने खालका गोष्ठि सेमिनार, सरोकारवालाका लेख तथा रचनाहरु प्रकाशित, तिनीहरु विचमा अन्र्तक्रीया तथा  वित्तीय सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरुको गरि यो सप्ताह मनाईदैछ ।ू  नाराका साथ नेपाल राष्ट्र बैङ्कका विभिन्न विभाग, इजाजत प्राप्त वित्तीय  संस्थाहरू, बिमा कम्पनी सहकारी, धितो पत्र बोर्ड लागएतका वित्तीय गतिविधिमा संलग्न संस्था तथा व्यत्तिहरुले यो सप्ताहलाई मनाइरहेका छन् । जस अन्तर्गत विभिन्न आर्थिक जागरण गराउने खालका गोष्ठी सेमिनार, सरोकारवालाका लेख तथा रचनाहरू प्रकाशित, तिनीहरू बिचमा अन्तर्क्रिया तथा  वित्तीय सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरूको गरी यो सप्ताह मनाईदैछ ।

. रिलायन्स फाइनान्सले कसरी यो सप्ताह मनाउँदै  ?    

रिलायन्स फाइनान्सले पनि देशभरका आफ्नो मुख्य कार्यालय सहित २१ वटा कार्यालयहरूबाट विभिन्न स्कुल क्याम्पसमा  अध्ययनरत विघार्थि तथा महिला समुहहरुलाई वित्तीय साक्षरता कार्यक्रम, वित्तीय सचेतना रयाली, वित्तीय सचेतना सम्बन्धी सामग्रीको प्रकाशन तथा विभिन्न सरोकार पक्षसँग अन्तरक्रिया जस्ता कार्यक्रम गर्ने योजनामा रहेको छ । जसमा कुन कार्यक्रम समापन भइसकेका छन् भने कुनै तयारीमा रहेको छन् ।

. वित्तीय साक्षरता भनेको के हो  ? यसको आवश्यकता किन ?

आम्दानी, खर्च, बजेट, बचत, बिमा, ऋण लगानी आदि जस्ता कुराहरूको उचित व्यवस्थापन गरी आफ्नो भलाइको लागि प्रभावकारी रूपमा प्रयोग गर्न सिकाउने ज्ञान, सिप र अवधारण नै वित्तीय साक्षरता हो हरेक त्यत्तिका लागि वित्तीय शिक्षा महत्त्व रहेको छ । वित्तीय शिक्षाले हरेका मानिसहरुलाई व्यक्तिगत रूपमा पैसाको व्यवस्थापन गर्न सिकाउँदछ ।

वित्तको उचित व्यवस्थापन गर्न सके र वित्तीय शिक्षालाई अनुसरण गर्न सकेमा हरको त्यत्तिको आर्थिक समृद्धिका लागि सहयोग पुग्नुमा साथै आर्थिक दुर्घटना हुन बाट जोगाई वित्तीय क्षति हुनबाट न्यूनीकरण गर्न सहयोग पुर्याउदछ । हरेक त्यत्तिको जीवनमा विभिन्न आर्थिक निर्णयहरू हरपल लिन पर्ने हुन्छ । वित्तीय शिक्षाले आम्दानी र आर्थिक हैसियतको मुल्यांकन गरेर आर्थिक निर्णय लन सहयोग पुर्याउदछ । राम्रो वित्तीय जानकारी भएको व्यक्तिले आफ्ना आम्दानी तथा खर्चहरूको ठिक सँग पहिचान र राम्रो सँग जानकारी राख्न सक्दछ । वित्तीय शिक्षाबाट हामीले आगामी दिनमा कसरी आर्थिक जोखिमबाट मुक्त हुन सक्दछौ भन्ने कुरालाई सिकाउँदछ साथै यदि भविष्यमा कुनै त्यस्ता आर्थिक जोखिम आई परे कसरी समाधान गर्ने भन्ने कुरा समेत  सिकाउँदछ । यसले हामीलाई आफूसँग भएको धनलाई कसरी उपयोग गर्ने, बचत कति र कसरी गर्ने,बर्तमानको भन्दा भविष्यमा कसरी बढी धन आर्जन गर्न सकिन्छ , आफ्नो लक्ष्य प्राप्तिको लागि धनको उपयोग कसरी गर्ने भन्ने निर्णय लिन मद्दत पुर्याउदछ ।

. डिजिटल वित्तीय साक्षरता भनेको के हो ? वर्तमान समयमा यसको के कति कारणबाट यसको आवश्यक बढ्दै गएको पाउनुभएको ?  

सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ ।बैङ्किङ क्षेत्रमा डिजिटल साक्षरता भन्नाले डिजिटल बैङ्किङ कारोबारमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा प्रयोग हुने उपकरण हरू जस्तै: ATM card, डेबिट कार्ड , क्रेडिट कार्ड , SWIFT , ABBS, मोबाइल बैङ्किङ , Connect IPS लगायतका अन्य डिजिटल बैङ्किङ उपकरणको प्रयोग गर्दा थप बैङ्किङ गतिविधि सञ्चालन बारेमा निपुर्ण बनाउने पद्धति हो । पछिल्लो समय मुलुक नै डिजिटल युगमा प्रारम्भ गरे पश्चात् अझ यस्ता उपकरण सम्बन्धित बिस्ततृ ज्ञान हासिल गर्न नितान्त आवश्यक देखिन्छ । निरन्तर रूपमा बैङ्क तथा वित्तीय संस्था सञ्चालन गर्ने सम्बन्धमा डिजिटल साक्षरता उत्तिकै महत्त्वपूर्ण एवम् आवश्यक देखिनुका मूलभूत कारणहरू Cash Less Transaction लाई अत्यधिकता बनाउनु, छोटो समयावधि भित्र आवश्यक बैङ्किङ गतिविधि सञ्चालन गर्नमा योगदान पुर्‍याउन, विभिन्न बैङ्किङ कारोबारमा हुने जोखिम न्यूनीकरणको वातावरण सिर्जना गर्न,अन्तर्राष्ट्रिय वित्तीय गतिविधि सुचारु गर्नमा सहजता औँल्याउन, डिजिटल साक्षरता मार्फत चुहावट हुन सक्ने महत्त्वपूर्ण तथ्यांकहरुलाई सुरक्षित राख्न प्रत्यक्ष बैङ्क तथा वित्तीय संस्थामै उपस्थिति भएर गरिने कारोबार लाई प्रतिस्थापन गर्न, बैङ्क तथा वित्तीय संस्थाको शाखा बिस्तार सगसगै प्रयोग कर्ताको सङ्ख्यामा उल्लेखनीय वृद्धि ल्याउन आदि रहेका छन् ।

६. आजभोलि विभिन्न वित्तीय ठगीका घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्, कसरी यस्ता ठगी बाटा जोगिएर   आफ्नो पैसालाई  कसरी सुरक्षित राख्न सकिएला  ?

 

अपरिचित व्यक्तिहरूले लालच देखाउँदै उपहार वा ठुलो धन राशिको चिट्ठा परेको भन्दै फोन म्यासेज गर्ने, अनेक प्रलोभन मार्फत  विश्वासमा लिएर उक्त चिट्ठाको धन राशि प्राप्त गर्न प्रेरित गर्ने, भावनात्मक रूपमा  नजिकिएर माया र विश्वास आर्जन  गरी सम्बन्धलाई दुरुपयोग गर्ने, उच्च पदस्थ व्यक्तिहरू तथा संस्था प्रमुखहरूका नाम र तस्बिर दुरुपयोग गरी WhatsApp, Viber, Messenger आदि मा विभिन्न बहानामा रकम पठाइदिनको लागि संवाद गर्ने आदि जस्ता कार्यहरू वित्तीय ठगी हुन । यस्तो ठगी बाट बच्नका लागि लोभ र लालच त्याग गर्ने,  सामाजिक सञ्जालमा अपरिचा त्यत्ति सँग सम्पर्क नगर्ने, अनावश्यक तक भडक नगरी आफ्नो व्यक्तिगत र पारिवारिक गतिविधिलाई सामाजिक सँजलमा नराख्ने , अधिक फाइदा हुने लगानी योजना, नेटवर्किङ, उच्च ब्याजदार दिने सापटी योजनाहरू जस्ता  अपत्यारिला र छिट्टै नाफा कमाउने सकिने योजना प्रति सजग रहन, कुनै पनि डिजिटल माध्यमबाट आफ्नो OTP, PIN र Password  जस्ता अति संवेदनशील र गोप्य कुराहरू कहिल्यै पनि कसैलाई रहने र विश्वासिलो ठाउँमा मात्र यसको प्रयोग गर्ने,  सार्वजनिक WI-FI  मार्फत बैंकिङ्ग कारोबार नगर्ने, सार्वजनिक WI-FI   असुरक्षित हुन सक्ने भएकोले यस्ता नेटवर्क मार्फत आफ्नो निजी डाटाहरू चोरी हुन सक्छ, त्यसैले यस्ता नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ्गको कारोबार गर्ने गरेमा सम्भावित वित्तीय ढगिबाट बच्न सकिन्छ ।


 अहिले धरै जनाको समस्या भनेको अत्यधिक खर्च गर्ने बानी रहेको , तपाई विचारमा खर्चको व्यवस्थापन कसरी गर्न सकिन्छ   ?

कुनै पनि त्यत्तिले आफू सँग भएको पैसा खर्च गर्दा त्यो सही वा अनावश्यक के मा हुदौछ भन्ने बुझेर मात्र गर्न उपयुक्त हुन्छ । हरेक त्यत्तिले आवश्यकता र चाहाना के हो भनी फरक छुट्टाउनु पर्ने हुन्छ किनकि यसो गर्दा हामीले केमा खर्च गर्ने र केमा नगर्ने भनेर छुट्टाउनु सहयोग गर्दछ । त्यत्तिले आफू सँग भएको पैसाको उपयोग गर्दा  के त्यो साँच्चिकै आवश्यक हो  कि रहर वा इच्छाले खरिद गर्न लागिएको हो भनी छुट्याएर  मात्र खर्च गर्ने वानिको विकास गर्नु पर्दछ । भविष्यमा आफ्ना आवश्यकताहरू पुरा गर्न पनि फजुल खर्चहरू नियन्त्रण गर्नु जरुरी हुन्छ । यसरी कुन कुरा महत्त्व पूर्ण हो र कुन कम महत्त्वपूर्ण हो भनी प्राथमिकताको आधारमा छुटाएर खर्च गर्ने बानीको विकास गर्नु पर्ने हुन्छ । तर यसो भनी रहँदा खर्च गर्ने बानी कम गर्नुस् भन्दा कन्जुस जीवनशैली अपनाउनुस् भन्न खोजिएको भने हैन ।

वित्तीय योजना भनेको के हो  ? 

वित्तीय योजना भनेको त्यत्तिले कति धन आर्जन गर्ने, आर्जन गरेको धन मध्ये कति बचत गर्ने भन्ने निर्णय गराउन सहयोग गर्ने एउटा योजना हो । यसले भविष्यमा गर्ने पर्ने विभिन्न खर्चहरूलाई प्रथामिकीकरण गर्न सहयोग पुर्याउदछ । यसले त्यत्तिलाई परिश्रमी बनाउन, बचत गर्ने बनी बसाल्न र धेरै भन्दा धेरै धन आर्जन गर्न प्रोत्साहित गर्दछ ।

९ धरै मानिसले बचत गर्न जान्दैनन् अझ भन्दा बचत गर्ने बानीको विकसनै छैन बचत के हो बचत कसरी गर्ने ?

बचत आम्दानी बाट खर्च घटाएर वाकी रहेका सानो अंशलाई बचाएर वा सञ्चय गरेर राख्नु  हो । बचत थोरै थोरै बाट धेरै हुन्छ र धेरै भए पछि बचतले ठुलै काम पनि टर्न सक्दछ । बचत गर्न नजान्ने सधैँ पछि पर्न सक्दछन् भने बचत गर्ने मानिसले धेरै कुरा गर्न सक्दछन् । हरेक व्यक्तिले बचत गर्नु महत्त्व पूर्ण हुन्छ । यसले व्यक्तिका भविष्यका आर्थिक लक्ष्यहरू पुरा गर्न सहयोग गर्दछ । पैसा दैनिक आवश्यक पुरा गर्न आवश्यक पर्दछ । आम्दानी नभएको वा कम भएको समयमा पनि पैसाको आवश्यकता हुन्छ । पैसा आज आवश्यक नभए जस्तो लागे पनि भोली चाहिन सक्दछ , त्यस बेला खर्च धान्न वा अन्य भैपरि आउने काम गर्नका लागि बचत आवश्यक छ । त्यस कारण बचतले हाम्रो आर्थिक सुरक्षा सुनिश्चित गर्दछ । यसो भनी रहँदा बचत कसरी गर्न भन्ने कुरा आउँदछ । धेरै जानाले सानो आम्दानीले बचत गर्न सम्भव हुँदैन र बचत गर्न ठुलै पैसा चाहिन्छ भन्ने मानसिकता रहेको पाइन्छ । बचत गर्नका लागि व्यक्तिले एउटा योजना बनाउनै पर्ने हुन्छ । दैनिक,साप्ताहिक वा एउटा तालिका बनाएर कहिन केही रुपैयाँ जम्मा गर्नै पर्दछ । जसका लागि उसमा एउटा सकल हुन पनि जरुरी छ । बचत गर्नु भनेको आफ्ना खर्च घटाउँदै जानु र मितव्ययी हुन हो । बचत गर्नका लागि आवश्यक खर्चहरू गर्ने र  तत्काल नगरे पनि नहुने खर्चलाई घटाएर बचत गर्न पर्दछ । बचत गर्नका लागि आफ्नो आम्दानी भन्दा खर्च कम गर्नु पर्दछ । बचत गर्नका लागि व्यक्तिले आफ्नो चाहानाहरूलाई त्याग गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो जसका लागि त्यत्तिमा वित्तीय अनुशासन हुन अत्यन्त जरुरी छ । बचत गर्ने बानी बसाल्नका लागि तर्को महत्त्वपूर्ण कुरूँ एउटा आर्थिक लक्ष्य पनि निर्धारण गर्नु पर्दछ । त्यो लक्ष्य पुरा गर्न बचतलाई माध्यम बनाउन सकिएमा बचत गर्ने वातावरणको श्रृजाना हुन्छ ।

१० धरै जानमा आफ्नो आम्दानी खर्च व्यवस्थापन गर्नका लागि मासिक रूपमा पारिवारिक बजेट बनाउने गरेको पाइँदैन, मासिक बजेट कसरी बनाउने ?

आफ्नो कमाएको विभिन्न स्रोतबाट महिना भरि कुन  कामको लागि कति  खर्च गर्ने भनेर छुट्टाउनु नै मासिक हो ।  आफ्नो आम्दानी अनुसार बचत र  खर्चको  व्यवस्थापन गर्न सक्यौ भने अनावश्यक ऋणको तनाव बोक्नु पर्दैन र यसले दैनिक जीवनलाई सहज बनाउदछ  । खर्चको  व्यवस्थापन मिलाउन र दैनिक जीवनलाई सहज गर्न हामीले मासिक बजेट बनाएर खर्च गर्ने बानीको विकास गर्न जरुरी हुन्छ । बजेट बनाउनका लागि  सबै भन्दा पहिला  आम्दानीका विभिन्न स्रोतहरूबाट  मासिक आम्दानी कति हुन्छ भन्ने कुरा यकिन गर्नु पर्दछ । अघिल्लो महिनाको आधारमा  मासिक रूपमा गर्नु  पर्ने खर्च कति हुन्छन् निर्धारण गर्ने । अघिल्लो महिनामा खर्च भएको बाहेक अरू सम्भावित खर्च र नयाँ दायित्व जोडे पछि यो महिनाको अनुमानित खर्च निकाल्न सहज हुन्छ  ।घटबढ हुन सक्ने खर्चको सुची बनाई  आपत्कालीन कोष र मासिक बचतको रकम बनाउनु पर्दछ ।  खर्चलाई नियमित अनुगमन  गर्नु आवश्यक हुन्छ । सधैँ आफ्नो खर्च योजना वा बजेट मुताबिक खर्च भएको छ कि छैन चनाखो यकिन गर्नु पर्दछ ।  त्यस्तै आवश्यकता अनुसार खर्च समायोजन गर्नु पर्ने हुन्छ ।त्यस्तै  कुनै शीर्षकमा रकम कम वा बढी भएमा आवश्यकता अनुरूप त्यसलाई बचत वा अरू प्रयोजनको लागि राख्नु पर्दछ । महिनाको अन्त्यमा आफूले बनाएको बजेटको पुनर्मूल्यन  गर्दै यसबाट सिकेको कुरा अर्को महिनाको बजेटमा प्रयोग गर्ने बानीको विकास गर्नु पर्दछ ।   यसरी मासिक बजेट बनाउँदा पैसा अनावश्यक खर्च हुँदैन र पैसाको सुरक्षा हुन्छ। आफूले कुन शीर्षकमा अनावश्यक खर्च गरियो त्यसको सूचना आफू सँग रहने हुँदा फजुल खर्चमा बिस्तारै नियन्त्रण हुँदै असल वित्तीय आनीबानीको विकास हुन थाल्दछ ।

११. वर्तमान समयमा धेरै जना व्यक्ति विभिन्न आर्थिक समस्याहरूमा परेको देखिन्छ, यस्तो समस्या हुनुका कारण समाधान कसरी गर्न सकिन्छ  ?

। अहिले धरै जानामा आर्थिक समस्याहरू देखा पर्नुको कारण भनेको वित्तीय अनुशासनको पालना नगर्नु हो । जथाभाबी खर्च गर्नु,  पैसाको महत्त्व नबुझे, विलासिता तथा अनुत्पादनशील क्षेत्रमा खर्च गरिनु, विना योजना ऋण लिने, आर्थिक स्थितिको बिन मुयाँकन आर्थिक निर्णय गर्दा विभिन्न समस्याहरू आएका हुन । आर्थिक कारोबार गर्दा आम्दानी, खर्च  तथा पैसा सँग जोडिएका विषयवस्तुहरू लाई संयमित भएर  आर्थिक कारोबार गर्नु गराउनु र ऋण घटाउन लचकता अपनाउनु वित्तीय अनुशासन  हो । त्यस्ता खर्चहरू गर्दा अनावश्यक खर्च गर्ने, सकेसम्म सबैको चाहना परिपूर्ति हुन गरी पारिवारिक सरसल्लाहबाट घर खर्च गर्ने , दैनिक घर खर्चका लागि ऋण नलिने, कर्जा लिँदा योजना र आवश्यकता अनुसार लिनु पर्दछ । यसरी ऋण लिँदा त्यस बापत तिर्नु पर्ने व्याज तिर्न सकिने कुराको विश्लेषण गर्ने जस्ता कार्य गर्न सकेमा आर्थिक समस्याहरू कम गर्न सकिन्छ ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News