रेडियो नेपाल
नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा हालका अध्यक्ष नवराज शर्मा र एमाले केन्द्रिय सदस्य मायानाथ अधिकारीको उम्मेदवारी दर्ताभएको छ । १५ गते बाट शुरु भएको एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनले १ सय ६५ सदस्य नयाँ समिति चयन गर्दैछ । त्यस्तैउपाध्यक्ष एक पदका लागि स्याङ्जाका मिनप्रसाद गुरुङ र नवलपुरका बाबुराम बिकको उम्मेदवारी परेको छ । सचिव पदको लागिलमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्यको उम्मेदवारी परेको छ । दवाडी हालका सचिव हुन भने आचार्य हालकाउपसचिव हुन । त्यस्तै उपसचिव दुई पदका लागि हालकी उपसचिव पर्वतकी मञ्जु अधिकारी,कास्कीका दाम बहादुर बिक,मिना गरुङ रम्याग्दीका सन्तोष रावलको उम्मेदवारी परेको छ ।
एमाले गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्यानल बिच प्रतिस्पर्धा हुन लागेको चर्चा छ ।