भारतको राष्ट्रिय ध्वजाबाहक एअर इण्डियाले ४ सय ७० वटा ठूला विमान खरिद गर्ने भएको छ ।
एअर इण्डियाले २ सय ५० वटा एअर वस र २ सय २० वटा बाेइङ खरिद गर्ने सम्झौता गरेको हो । मंगलबार भएको सम्झौता अनुसार एअर इण्डियाले वाइड बडी एअर वस थ्री फिप्टी र बोइङ ७ सय ८७ तथा बोइङ ७ सय ७७ खरिद गर्ने भएकाे छ । एअर इण्डियाले २ सय २० वटा बाेइङका लागि ३४ अर्ब डलर र २ सय ५० वटा एअर वसका लागि ४६ अर्ब डलर गरी कुल ८० अर्ब डलर तिर्ने भएकाे छ ।
सम्झौता अनुसार यसै वर्षको अन्त्यतिरबाट एअर वस र बोइङ कम्पनीले एअर इण्डियालाई विमान हस्तान्तरण गर्न थाल्ने छन् । सम्झौतापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटकमा यति ठूलो कारोबार हुन लागेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । यो सम्झौता करिब १ सय वर्षको उड्डयन इतिहासकै ठूलो भएको जनाइएकाे छ ।
पछिल्ला वर्षहरुमा निरन्तर घाटामा गएपछि प्रधानमन्त्री मोदीले एअर इण्डियाको बहुमत शेयर टाटा समूहलाई विक्री गरेको थियो ।