शिक्षा भबिस्य निर्माणको प्रथम कडि हो, शिक्षामा सरकार उदासिन नहोस्

शिक्षा भबिस्य निर्माणको प्रथम कडि हो, शिक्षामा सरकार उदासिन नहोस्

  • Kanchan News

  • बिहिबार, भदौ २३, २०७९

  • 148
    SHARES
शिक्षा भबिस्य निर्माणको प्रथम कडि हो, शिक्षामा सरकार उदासिन नहोस्

 प्रकाश भुर्तेल 

United Nations Educational, Scientific & Cultural Organization को मन्त्रीपरिषद बैठकका अनुसार प्रत्येक बर्ष september – 8 का दिन अन्तर्राष्ट्रिय रुपमा साक्षरता दिवस मनाइन्छ । “साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण” भन्ने मुल नाराका साथमा UNESCO मन्त्रालयको निर्देशनमा ८ सेप्टेम्बर, २०२२ अर्थात बि.सं. २०७९ भदौ २३ गते वैदेशिक विभिन्न मुलुकहरू लगायत देशको शिक्षा मन्त्रालय मातहतका सबैखाले शिक्षा निकाय सम्बद्ध सस्थाहरुले विभिन्न खालका विद्यार्थी स्तर अनुसारका (शौक्षिक) शिक्षासंग सम्बन्धित सिर्जनात्मक र रचनात्मक क्रियाकलापहरु सञ्चालन गरि धुमधामसंग ५६औं अन्तर्राष्ट्रिय शिक्षा/साक्षरता दिवस मनाएका छ्न ।

 

शिक्षा :  शिक्षा आफैमा एउटा वजनदार शब्द ब्यक्तिको व्यबहारमा आउने आमूल र रचनात्मक परिबर्तनको धावन मार्ग हो । शिक्षा ज्ञान प्राप्तिको मुहान हो । शिक्षा सफलताको उदगमस्थल हो । असफलता र समस्याहरुको संगमस्थल हो ।  यो बानिको निर्माण हो । मानव बिकास हो । हाम्रो भबिस्य निर्माणको प्रथम कडि, अस्त्र र चाबी हो, शिक्षा । शिक्षाले मानिसको शरीर र सौन्दर्यताको बिकास गराउदछ । ब्यक्तिलाई स्वतन्त्र बनाउदछ । सहि चेतना र बुद्धि विवेक प्रदान गर्दछ । ज्ञानको स्तर बढाउदछ । त्यसैले, शिक्षा मानविय जिबनको सर्वपक्षीय वृद्धि र बिकासको रोशन हो ।

 

शिक्षामै बिश्व अडेको छ । शिक्षाको कारणले आज संसार ढुङ्गे युगदेखी यो उत्तर-आधुनिकता सम्म आइपुगेको छ । शिक्षाले देश देखि बिदेश बनायो, जमिनमा गुड्ने देखि आकाशमा उड्ने बनायो, शिक्षाले सगरमाथाको चुचुरो देखि मारियाना ट्रेन्चको गहिराई सम्म पत्ता लगायो, शिक्षाले बिश्वका सात अरब जनसंख्या रहेको पृथ्वीलाई १ मिनेटमै खरानी पार्ने मिसाइल बनायो । शिक्षाले सबै बनायो । हामी सुन्छौ, देख्छौ र पढ्ने गर्छौ दिनदिनै चमत्कारका कुराकानी । शिक्षाले William Shakespeare जन्मायो, रुसो जन्मायो, अरस्तु जन्मायो, जिसस क्राइस्ट जन्मायो, लेलिन र माओ जन्मायो, ओसोको ध्यान जन्मायो, हिटलर र उस्को क्रान्ति जन्मायो, नेन्सन मन्डेला जन्मायो, आइस्टाइनको भौतिकवाद र डार्बिनको बिकासवाद जन्मायो, गुरु नानक र ब्यास जन्मायो, नारद बाट वाल्मीकि जन्मायो, सिद्धार्थ गौतम बुद्ध जन्मायो, शिक्षाले लक्ष्मि प्रसाद देवकोटा र जय पृथ्वीबहादुर सिह पनि जन्मायो । शिक्षाले असंख्य ब्यक्ती र सिद्धान्तहरु जन्मायो । त्यसैले शिक्षा जननी पनि हुन र जननी भनेकै आमा हुन । शिक्षा आमाको एउटा् भाग पनि हो ।

 

UNO महासभामा दर्ता भए अनुसार बिश्वमा १९३ वटा रास्ट्रहरु छ्न । ती सबै बिकसित पनि त छैनन् ।शिक्षाले यत्रो आमूल परिबर्तन गराएपनी ढुंगाको युगमा जस्तै शासन चलाउने मानिस अहिले पनि बस्छन् अमेजन नदि किनार र अमेजन जंगल तिर । तर नझुक्किम यो जमाना उत्तर-आधुनिक सम्पन्नताको हो । शिक्षाको परिबर्तन बडो आश्चर्यजनक छ । अहिलेको भौतिक बिकास, आधुनिक चमत्कार, प्राबिधिक अन्वेषण, खोजिनिधी, प्राबिधिक दौडान, निकै प्रभावशाली छ । हुन त हामी पश्चिमा कै देखेर कुराकानी गर्छौ । सिको गर्छौं । प्रयोग गर्छौं । गर्नै पर्यो  । नगरौं पनि कसरी । आजभन्दा १०० बर्ष पैला अमेरिका अहिलेको हाम्रो देशकै भौतिक बिकासको स्तरमा थियो । बिदेशी शिक्षा निति, त्यहाँका युनिभर्सिटी, बिद्यार्थीका उन्नयन कै कारण आज नासा चलेको छ् । शिक्षाको मुल मर्म नै कुषल ब्यक्ति उत्पादन गर्ने अनि समग्र देश बनाउने भएकाले यो Era मा बाहिरी रास्ट्रका बिकास र समृद्धिकै कुराकानी गुन्जिनु स्वभाविक कुरा नै हो ।

 

शिक्षाको सकारात्मक र नकारात्मक दुबै प्रभावबाट आज जगत यहाँ छ । शिक्षाका क्रान्तिहरु अनगिन्ती छ्न । जहाँ देखिन्छ, त्यहीँ मनन गरिन्छ । ओभरनाइट हामी परिबर्तन देखिरहन्छौ । सुन्छौ पनि । सञ्चार माध्ययमहरुको  बिश्वब्यापिकरणको कारणले गर्दा पनि होला संसारलाई यो मार्गमा हिडाल्ने शिक्षाको तरंग ब्रह्माण्ड निर्माता आध्यात्मिक भगवानको एउटा बिशिस्ट र आश्चर्यजनक स्वरुप  हो ।बिश्वजगतका समृद्धि र सम्पन्नतामा फुटेका अनेक भौतिक बिकासका मुलहरु, बिज्ञानमा रसाएका नक्षत्रहरु, शान्तिमा जन्मेका सिद्धान्तहरु, बिज्ञानले सिर्जना गरेका ज्ञानहरु, समृद्धिका क्षेत्रमा संसारका हरेक कुनाकाप्चामा  बोलेका बत्तिहरु सबै शिक्षाकै उपज हुन । बैज्ञानिक अनुसन्धान, अन्वेषण, नवीन चिन्तन, अविस्कार, उत्तर आधुनिकता र आधुनिक तत्वहरुको अवधारणामा हलो जोत्ने काम शिक्षा ले नै गर्यो । त्यसकारण, बिश्वजगतमा शिक्षाले परिबर्तनका सम्बन्धमा महामारीको पहिरो नै ल्याएको छ ।

 

हाम्रो देश नेपालमा  शिक्षाको अवस्था नैकै चुनौतीपूर्ण देखिएपनि परिबर्तन भने पक्कै भएको छ । गोपाल, महिस्पाल र  किरात बंशको शासनकाल पछि पृथ्वीनारायण साहको नेतृत्वमा नेपाल एकीकरणपछि बि.स. १८२५ बाट आधुनिक युगको सुरुवात भएको हो । त्यसपछि शिक्षाको सकारात्मक  क्रान्तिहरु जन्मन थाले । साहहरुको शासन केही समय चल्यो । जब देश राणाको हातमा गयो त्यो १०४ बर्ष  राणाहरुले देशमा निरंकुश शासन सत्ता सञ्चालन गरिरहे । त्यो बेला देशको साक्षरता २% थियो । जहाँ राणाको रामराज्य र रोजिरोटि मात्रै चल्थ्यो, हरेक पक्षमा । राणाले मात्रै पढ्ने । उनीहरुका छोराछोरी मात्रै आधिकारिक बन्ने हुन्दा तत्कालीन समयमा सर्वसाधारण जनता शिक्षाको ज्योतिबाट चपेटामा पर्नु सरासर नै भयो । जब २००७ सालको राजनीतिक आन्दोलन र क्रान्ति पछि देशमा प्रजातान्त्रिक नेतृत्व आयो तब शिक्षाको गति बिस्तारै अगाडी बढ्यो । देशमा विभिन्न बिधालय र पाठशालाको स्थापना भयो । देशकै गौरशाली बिश्वबिद्धालय त्रिभुवन बिश्वबिद्धालयको पनि तत्कालीन राजा त्रिभुवनको पालामा २०१६ सालमा स्थापना भयो । अहिले देशको शिक्षा हेर्दा निकै उच्च छ् । जहाँ तहि बिधालय छ्न । सहज छ । अहिले देशको साक्षरता ६६ % भन्दा माथी रहेको छ । ५६ वटा जिल्लाहरु पुर्ण साक्षर घोषणा भैसकेका छ्न । नेपालको संविधान, २०७२ ले १३ नीति मध्य शिक्षासम्बन्धि पनि नीति अगाडि पनि सारेको छ । संविधानको भाग ३ धारा ३१ मा मौलिक हकको रुपमा अनिवार्य तथा  निशुल्क र उच्च शिक्षाको पनि ब्यबस्था गरेको छ । शिक्षा मन्त्रालय छ । उसका विभिन्न निकाय छ्न । प्रदेशको आफ्नै शिक्षा नीति तथा कार्यक्रमहरु छ्न  । जिल्लागत शिक्षाका शाखाहरु छ्न । ७५३ वटै स्थानीय तहका आ-आफ्नै शिक्षा शाखा अन्तर्गतका कार्यक्रमहरु संचालित छ्न । यी सबैको सहकार्य र समन्वयमा शिक्षाको रोशन निकै द्रुतगतिमा दौडेको छ । देशको शिक्षाको कारणले गर्दा अकल्पनीय मेनपावर देशमै जन्मेका छ्न । समृद्धिका नवीन आयामहरु खडा भएका छ्न । बिकासले गति लिगेको छ । शिक्षाको क्रान्ति सुरु भएको छ । खोजेको र रोजेको शिक्षा पढ्न पाउने बाताबरण सिर्जना भएको छ । समग्रमा शौक्षिक ब्यबस्था राम्रो भएको छ ।

 

शिक्षामा अन्तर्राष्ट्रिय नकारात्मकता पनि उत्तिकै सिर्जना भएका छ्न । अन्तर्राष्ट्रिय शौक्षिक अनियमितता, ठगी र शोषण पनि उत्तिकै बढेका छ्न । विकसित मुलुकका विभिन्न युनिभर्सिटीको समन्वयमा अल्पबिकसित तेस्रो मुलुकहरुमा भित्रिएको बिकृती र यसले जन्माएका घटना निकै कारुणिक छ्न  ।  शिक्षाले अन्तर्राष्ट्रिय ठगि धन्दाको साइरन फुकेको प्रसस्तै उदाहरणहरु हामिमाझ रहेका छ्न ।  शिक्षाका नकारात्मक असरहरु दिनानुदिन बढिरहेका छ्न । विकसित रास्ट्रहरुबाट विविध आतंककारी हमला पनि उत्तिकै भएका छ्न । Science and Technology को कारणले गर्दा अहिले Cyber Crime and Criminal Activities हरुको बिगबिगी पनि कमि छैन । WhatsApp , Viber, Imo, Messanger and Direct calling का माध्यमबाट ठगी धन्दा, ब्ल्याक मेलिङ, अपहरण, लुट्पाट, बैंक तथा बित्तीय सस्थामा लुटपाट जस्ता अप्रत्याशित बेथिति सिर्जना भएका छ्न । टेक्नोलोजीले जन्माएको साइबर अपराध, चरीत्र हत्या साच्चिकै प्राबिधिक शिक्षा र उपकरणका अपवाद नै बनेका छ्न । शिक्षाको नकारात्मक प्रभाव  अन्तर्राष्ट्रिय जगतमा युद्द, हत्या, शितयुद्द, हिंसात्मक क्रियाकलाप, साम्राज्यवाद, सिमा बिबाद, बिश्व युद्द, महामारी फैलावट जस्ता बिषम र कालो सुचिभित्र पर्ने सबै गैरकानुनी क्रियाकलापमा प्रत्यक्ष तरिकाले टासिंएको छ ।  शिक्षाले अन्तर्देशीय भयानक युद्ध  र हत्या हिंसाको धमाधम बाटो खनिरहेको छ , अन्तर्राष्ट्रिय जगतमा ।

 

हाम्रो देश नेपालको बर्तमान शिक्षाको  अवस्थालाई नजिकैबाट हेर्दा नकारात्मकता र अनियमितताको कमि छैन । देशले राणाशासन र जनयुद्ध पनि पार गर्यो । ६५ बर्ष लगाएर एउटा संविधान पनि निर्माण गर्यो ।  कति राम्रा-राम्रा संबैधानिक, नितिगत, सस्थागत र कार्यगत नीति/योजना/कार्यक्रम हरुको व्यवस्था गरेको छ । तैपनि शिक्षाको परिणाम निकै कमजोर छ । ती सम्पुर्ण शौक्षिक ब्यबस्थाको उचित (ब्यबस्थापन र कार्यन्व्यन) नभएको कारणले गर्दा देशको शिक्षा सुस्ताएको छ ।  सयौं समस्या र गल्तीको चपेटामा गुज्रिएको हाम्रो देशको शिक्षा जहाँतहि बाट गिजोलिएको छ । शिक्षाको नितिगत त्रुटी, राजनीतिक अस्थिरता,  अज्ञानि शिक्षा मन्त्री र बिभाग प्रमुखको नियुक्ति, पावर र पैसामा सर्टिफिकेटको बार्गेनिङ, गुणस्तरीय र प्राबिधिक शिक्षाको कमि, शिक्षण विशेषज्ञ र जनशक्तिको अभाव, कर्मचारीको अब्यबस्थापन, तालिम र प्रभावकारी परामर्शको अभाव, शिक्षामा ब्यापारिकरण, शिक्षामा नातावाद र कृपावादको हावी अनियंत्रित र अनियमित ढङ्गबाट भएको कारणले गर्दा मुलुकको शिक्षामा कालो दाग लागेको छ ।

 

अल्पविकसित, अव्यवस्थित, असन्तुलित र अशक्त अबस्थामा देश गुज्रिएको कारणले गर्दा शिक्षाको स्तरमा बिद्यार्थी र समाजकै आधार स्तम्भबाट आवाज र मैत्रीपूर्ण अनुशासित व्यबहारहरु अपनाउन सक्नु नै गुणस्तरीय र ब्यबहारिक शिक्षा आर्जनको प्रथम औंजार मानिन्छ । देशको भौगोलिक बिकटता, असन्तुलित ठाउँहरु, पुर्वाधारहरुको अपर्याप्तता क्षेत्रगत दुर्गमता जस्ता कारणले गर्दा सबै तहमा शिक्षाको समान पहुँच पुगेको छैन । नेपालको बिधालय तहको संरचनामा देशको ७०% भन्दा बढी ठाउँहरुमा परम्परागत शिक्षा प्रणाली अनुसार शिक्षण सिकाई क्रियाकलाप घनिभुत रुपमा संचालित छ । जहाँ दक्ष जनशक्ति र आबस्यक स्रोत साधनको कमि नै रहेको छ । माध्यमिक तहसम्मको शिक्षाको खण्डमा देशमा जल्दाबल्दा समस्याहरु प्रसस्तै छ्न । देशको माध्यमिक शिक्षाको हकमा अदक्ष  र अर्धदक्ष मेनपावर को बाहुल्यता, शिक्षक र कर्मचारी भन्दा अज्ञानि र असक्षम बिधालय सञ्चालक र ब्यवस्थापक समिति भएको कारणले शिक्षाको नवीनतम चिन्तन र बिकासमा पुर्णबिराम लाएको छ । देशमा उच्च शिक्षा हासिल गर्ने १२ वटा बिश्वबिद्धालय र ती बिश्वबिद्धालय अन्तर्गतका आङ्गिक क्याम्पसहरुको बर्तमान अबस्था भद्रगोल बन्दै छ । सामुदायिक र साझेदारी क्याम्पसमा राजनीति र संगठनिक शक्तिप्रवाहको कारणले उच्च शिक्षा खिचडी र चटपटे जस्तै कक्टेल बन्दै छ । जहाँ बिकृती, बिसङती, कुरिती, शोषण,  लापरबाहीको बिगबिगी बढेको छ ।

 

भने अर्कोतर्फ, शिक्षाको ब्यापारिकरण र बजारिकरणको असर सिङ्गो देशमा रहेको छ । शिक्षाको बिजनेस गर्दै नाफा र प्रतिस्पर्धालाई दुई मुखी केन्द्रबिन्दुमा राखेर मनग्ये नाफा कमाउने हेतुले चलेका private Boardings and Schools, private Collages, Institutes and Consultancy  को ठगीमा वार्षिक रुपमा बिद्यार्थी फेला परेका छन । यस्ता सस्थाहरु नाफामुखी उदेश्यमा केन्द्रित रहेकोेले     (बिद्यार्थीलाई उत्पादन बनाइन्छ, शिक्षकलाई गधालाई जस्तो पेलिन्छ,लगानिकर्ता र संचालकले अभिभावक र शिक्षकको रगत र पसिनामाथि रहेर मोज मस्ती गरिन्छ)।यि प्राइभेट स्कुलका जल्दाबल्दा विशेषताहरु हुन् । यस्ता खालका समस्याहरु तितो यथार्थमा आधारित रहि हाम्रै समाजमा प्रसस्तै छ्न ।

 

हाम्रो देशको शिक्षा गुणस्तरीय, ब्यबहारिक, बैज्ञानिक, प्राबिधिक, प्रयोगात्मक, अनुसन्धानमुलक, जिबनउपयोगी, नैतिक र नैतिक चेतनामा आधारित बनाउनु जरुरत छ । शिक्षाका सबै नवीन आयामको सुनौलो अभ्यासहरु भएतापनी नैतिक शिक्षा र अनुशासनको निकै अभाव खुड्किएको छ । नैतिक शिक्षा र मैत्रीपूर्ण अनुशासनको कमिले गर्दा होला आज बिद्यार्थिमा मनोबैज्ञानिक रिस, राग, थुतुने प्रवृत्ति हाबी छ । चटपटे, I-Phone, पानीपुरी, क्लास बंङ्क, आधुनिक ईन्टरनेटका उपकरणको दुरुपयोग, अभिभावक र बिद्यार्थीकै लापरबाही, ब्यक्तिगत चेतनामा जाम, कार्वाहीको कमि, खुलापन जस्ता तत्वहरको नकारात्मक प्रभावका कारणले आजका बच्चामा अनुशासनको आधार भेट्न  “प्याज नखाने बाहुन भेट्नु” जस्तै भएको छ । आजको बच्चाले टेर्दैन । attitude को हाबी छ । उदाहरणका लागी, छोरा/छोरिले कुनै जाचमा A+ ल्याए पनि उसलाई उस्कै अभिभावकले मित्रबद्द व्यबहारमा सानो काम अराउदा उस्ले मान्दैन । उल्टै अराउनेलाई नै direct जवाफ दिन्छ । येस्तो लेबलको इगो भएका बालबालिका भबिस्यका कणदार कसरी बन्न सक्लान् ? यहाँनेर बहुत गम्भीर यक्ष प्रश्न खडा भएको छ ! यहाँ अनुसासन बिद्यार्थीमा मात्रै होईन नैतिक आचरण र अनुसासन शिक्षक, कर्मचारी, प्रसासन, उपल्ला तहका निकाय अन्तर्गतका शिक्षा अधिकारी र राजनीतिक नेतृत्वसंग पनि कमि नै छ । माबी शिक्षकले तल्लो तहलाई सुन्दैन टेर्दैन, कर्मचारीले मै हुम भन्छ, प्रसासन मर्मै नबुझी डन बन्छ । शिक्षा अधिकारीहरु आफ्ना जिम्मेवारीमै नभएका authorities हरु प्रयोग गरेर तर्साउन खोज्छ्न । येस्तै सक्नेले ह्यप्नि circle मा शिक्षा पद्धति रोमलिएको छ । त्यसकारण, सबै तह र तप्कामा सदाचार सहितको मैत्रीपुर्ण अनुशासन र जिम्मेवारीको आज्ञापालन भएमा शिक्षाको स्तर सुन्दर गतिमा हिड्ने थियो । हामी अब राज्यको व्यवस्था पर्खेर भन्दापनि हाम्रै बर्तमान अवस्था हेर्दै आफै ब्यक्ति-ब्यक्ति बदलिँन सक्यौ भने नैतिक शिक्षामा छुट्टै सकारात्मक परिबर्तन छाउने थियो ।

 

हाम्रो देशको शिक्षामा भएका आमुल समस्याहरुको निराकरण र नियन्त्रण गर्नको लागि रास्टकै नितिगत, सस्थागत, प्रक्रियागत र कार्यगत सुधार ल्याउनु आजको आबस्यक्ता रहेको छ । शिक्षा बिकासका पुर्वाधारको पहिलो शक्ति भएकोले शिक्षाको लागि प्रत्येक बर्ष २०% भन्दा ज्यादा बजेट बिनियोजन गर्नु अपरिहार्य छ । प्राविधिक शिक्षा, गुणस्तरीय शिक्षा, ब्यबहारिक शिक्षा , गरिखाने शिक्षा, सदाचार युक्त शिक्षा, बैज्ञानिक शिक्षा, नैतिक शिक्षा सबै आजका आबस्यकताका केन्द्रबिन्दु हुन । देशको शिक्षा राम्रो बनाउन संबैधानिक, नितिगत र सस्थागत तहबाट निर्माण गरिएका व्यवस्थाहरुको उचित कार्यन्वयन गर्नु जरुरत छ । देशको शिक्षा मुख्यतः शिक्षा मन्त्रालय संग प्रत्यक्ष सम्बन्धित रहेर जोडिएकोले र संचालित भएकोले मन्त्रालय मातहतबाट संघ ,प्रदेश र स्थानीय तहका निकायसम्म शिक्षा बिकासका नीति तथा योजना अनुरुपका कार्यक्रमहरु चलाउनु आजको आबस्यक्ता हो । हामीसंग पर्याप्त व्यवस्था र नीति भए पनि प्रभावकारी प्रयोगमा आएनन् । यसको प्रमुख कारण हो बलियो काम गर्ने नेतृत्वको अभाव । जहाँ त्यहीँ लापरबाही छ् । विभिन्न बिश्वबिद्धालयका परिक्षा संचालन, उत्तर पुस्तिका चेकजाचको अवस्थालाई हेर्दा लाजमर्दो अवस्था नै छ ।  भरपर्दो नेतृत्व प्रत्येक निकाएमा आए पक्कै शिक्षा सुधार हुन्छ ।  अब मुलुकले दीर्घकालीन र प्रखर भिजन भएको आधुनिक शिक्षा मन्त्री खोजेको छ ।  “Only one person can change the nation by using his/her private  authorities.”  भनेझैं देशको शिक्षा सरासर शिक्षा मन्त्रालय मातहतमा संचालित भएकोले तेस्तो सपुतको अभाव छ जस्ले शिक्षा लाई Scientifically drive गर्न सकोस् । अहिले छिमेकी मुलुक भारतका बिधालयको अवस्था हेर्दा त्यहाँका अधिकाशं प्राइभेट स्कुल आफै collapse हुने अबस्थामा पुगेका छ्न, कारण हो तत्कालीन शिक्षा मन्त्रीले गरेको आमूल परिबर्तन । हाम्रो देशमा पनि त्यस्तो खालको नेतृत्व अति आबस्यक छ जस्ले बिधालयका Toilet का सिट देखि आफ्नै मन्त्रालयका सुझाव पेटिका सम्मको सुधारात्मक काम गर्न सकोस  । त्यस्तो शिक्षा मन्त्री चाहिएको छ जस्ले बिश्वबिद्धालयको दिक्षान्त समारोहमा जादा राजनीतिक दलबल को सिनो गफ नलगाई शिक्षाको प्रतिस्पर्धा र उत्प्रेरणामा बोल्ने Key-note speaker को आबस्यक छ । तेस्तो शिक्षा मन्त्रीको अभाव छ जस्ले शिक्षाका सबैखाले अनियमितता र बेथितिको निर्मुल उपचार गरि गुणस्तरीय , प्रतिस्पर्धी , गरिखाने र आत्मनिर्भरमुखी शिक्षाको प्राबधान अगाडि सारोस । शिक्षा मन्त्री र शिक्षाका नेतृत्वहरु शिक्षा जस्तै चाहिएको छ जस्ले सधै राम्रै मात्रै गरिरहोस ।

 

आशा गरौ भाबी दिनहरूमा नयाँ नेतृत्व खोजेजस्तै पाइनेछ । शिक्षा बन्नेछ । मुलुक बन्नेछ । समाज बन्नेछ । हुम्ला, जुम्ला र कर्णालीको शिक्षा पनि फेरिनेछ । बिकट ठाउमा जहाँ बिश्वबिद्धालयको अभाब छ त्यहाँ बिश्वबिद्धालय बन्नेछ्न । सरकारी बिधालयका चुहिने छाना फेरिने छन । कर्मचारी र जनशक्ति पदपूर्ति छरिटो हुनेछ । नीति नियममा रहेर बिधालयका समितिहरु बन्नेछ्न । सरकारी अधिकारीको अनुगमन र कार्यसम्पादन राम्रो बन्नेछ । मेडिकल कलेजभित्रको दयनीय बिकृतीहरु हट्नेछ्न । स्वरोजगार शिक्षा पाइनेछ । ब्यबहारिक शिक्षाको आयाम थपिदै जानेछ । दैनिक १७०० जनाको बेरोजगारी झोला खाडीमा जान रोकिदै जानेछ  । शिक्षाको परिबर्तनले लगानिमैत्री वातावरण सिर्जना भै देश बिकास हुनेछ  । प्रतिस्पर्धी र रोजगारमुलक शिक्षाको जन्म भइ सिड्नी, क्यालिफोर्निया, जेनेभा, क्यानडा, न्युवर्क, लन्डन जस्ता महँगो बिदेशी सहरमा हाम फाल्ने काम बन्द हुनेछ । आशा गरौं, ५६औं साक्षरता दिवसले नयाँ परिबर्तन ल्याएको देख्न पाइनेछ । ललितपुर र काठमाडौ जिल्लादेखि अछाम, कालिकोट र जाजरकोट जस्तै अन्य जिल्लाहरु जुन तराई, हिमाली र पहाडी मुलका पनि पुर्ण साक्षर बन्नेछन् । सबैले उच्च तहसम्म नै निशुल्क र अनिवार्य शिक्षा पाइनेछ ।

 

” सबैका लागि शिक्षा”,   ” गुणस्तरीय र प्राबिधिक शिक्षा : आजको आबस्यक्ता”,   “शिक्षामा नबिनतम प्रयोग : आजको आबस्यक्ता”,  ” ब्यबहारिक र नैतिक शिक्षा : समाज परिबर्तनको आधार”,   ” शिक्षामा लैङ्गकि समानता : समाज बिकासको आधारशिला”  भन्ने जस्ता मुल नाराहरुको प्रयोग र कार्यन्वयन भई हाम्रो देश पनि पुर्ण साक्षर भएको चाडैं देख्न पाइयोस । यहि कामनासहित सम्पुर्णमा ५६औं अन्तर्राष्ट्रिय शिक्षा तथा साक्षरता दिवसको स्वर्णिम अबसरमा हार्दिक-हार्दिक सुभकामना ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News