विहादी र पैयुँका दर्जनौँ युवा एमालेमा प्रवेश, नेता बस्नेतले गरे स्वागत

विहादी र पैयुँका दर्जनौँ युवा एमालेमा प्रवेश, नेता बस्नेतले गरे स्वागत

  • Kanchan News

  • शनिबार, चैत्र १२, २०७८

  • 704
    SHARES
विहादी र पैयुँका दर्जनौँ युवा एमालेमा प्रवेश, नेता बस्नेतले गरे स्वागत

कञ्चन न्युज, पर्वत
पर्वतको विहादी गाउँपालिका र पैँयु गाउँपालिकाका दर्जनौँ युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काङग्रेस सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा आएका उनीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका ईञ्चार्ज महेश बस्नेतले स्वागत गरे । पार्टी प्रवेश गर्नेहरुलाई नेता बस्नेतले स्वागत गर्दै उनीहरलाई पार्टीमा उचित जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

देशभरी नै एमाले पार्टी प्रवेश गर्नेको लर्कोनै लागेको बताउदै अन्य पार्टीका कार्यकर्ताहरले पनि बेलैमा सोच विचार गरेर एमालेमा गोलबन्द हुन सबैलाई आग्रह गरे । पार्टी प्रवेश गर्नेहरुमा वसन्त गुरुङ, भीम ब. थापा, सुजन राना, भीम गुरुङ, रमन गुरुङ, सन्दीप थापा, सुमन थापा बुद्ध थापा,सुमन थापा, पदम बि.क., विजय गुरुङ, टिम ब.,नम ब. गणेश गुरुङ, कुलदिप शर्मा, शोभा राना,रोहीत गुरुङ, नुमराज न्यौपाने, कुल ब. नेपाली, शेर बहादुर सुनार, टिकाराम नेपाली, गोविन्द नेपाली, लाल बहादुर नेपाली, अरुण सुनार लागएतका दजैनौँ व्यक्तिहरु छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News