महिला लघुवित्तको प्रतिशेयरमूल्य ५ हजार रुपैयाँ माथि, साढे २ महिनामा १ हजारको लगानीले ५० हजार कमाइ

महिला लघुवित्तको प्रतिशेयरमूल्य ५ हजार रुपैयाँ माथि, साढे २ महिनामा १ हजारको लगानीले ५० हजार कमाइ

  • Kanchan News

  • बिहिबार, बैशाख २३, २०७८

  • 309
    SHARES
महिला लघुवित्तको प्रतिशेयरमूल्य ५ हजार रुपैयाँ माथि, साढे २ महिनामा १ हजारको लगानीले ५० हजार कमाइ

२३ वैशाख, काठमाडौं । गत चैत ३ गतेदेखि दोस्रो बजारमा ४३८ रुपैयाँमा कारोबार खुलेको लघुवित्तको शेयरमुल्य २ महिना नपुग्दै ५ हजार रुपैयाँ माथि पुगेको छ। सर्वसाधारणमा ४ लाख कित्ता मात्रै आइपीओ निश्काशन गरेको लघुवित्तको दोस्रो बजारमा आपुर्ति कम छ। थोरै कित्ता शेयर सूचीकृत भएको र वित्तीय अवस्था समेत राम्रो रहेको कारण पनि लघुवित्तको शेयरमूल्य दैनिक रुपमा बढ्दै गइरहेको लगानीकर्ताहरु बताउँछन्। लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँ १० कित्ता शेयर खरिदबिक्री भएको थियो।कारोबार खुलेदेखि नै लघुवित्तको शेयर निरन्तर उकालो लाग्दै आइरहेको छ।

बिहीबार काराेबार खुलेकाे केहि समयमा नै  लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात  प्रतिकित्ता ४५७ रूपैयाँले बढेर  ५ हजार २९ रुपैयाँ पुगेको छ।

लगातार बढ्दै गएको उक्त कम्पनीको कारोबार भने निकै कम छ। पछिल्ला कारोबार दिनहरुको कारोबार हेर्दा दैनिक २ हजार ५०० कित्ताभन्दा धेरै कारोबार हुन सकेको छैन। बुधबार कम्पनीको २ हजार २४५ कित्ता शेयर कारोबार भएको थियो भने मंगलबार २ हजार ४३० कित्ता र सोमबार २ हजार ४२० कित्ता शेयर कारोबार भएको थियो।

महिला लघुवित्तको आइपीओ हात पार्ने लगानीकर्ताले ३ महिना पनि नपुग्दै १ हजारको लगानीले ५० हजार रुपैयाँ कमाएका छन्। आइपीओ १० कित्ता शेयर १०० रुपैयाँको दरमा किनेका लगानीकर्ताले बिहीबारसम्म्मा हजारौ गुणा आम्दानी गरेका छन्।

१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १९ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ। गत वर्षसम्म ६ करोड रुपैयाँ मात्रै चुक्ता पूँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षमा नै सर्वसाधारणमा ४ लाख कित्ता शेयर जारी गरेर पूँजी १० करोड रुपैयाँ पुर्याएको थियो।

लघुत्तिको प्रतिशेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा छ। गत वर्षको चैत मशान्तसम्ममा ७६ रुपैयाँ रहेको प्रतिशेयर अनाम्दानी यस अवधिमा १८ रुपैयाँले बढाएको हो। उसको प्रतिशेयर नेटवर्थ २९१ रुपैयाँ छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News