अर्मला क्षेत्रलाई महको पकेट क्षेत्र बनाउदै कृषि सञ्जाल

अर्मला क्षेत्रलाई महको पकेट क्षेत्र बनाउदै कृषि सञ्जाल

  • Kanchan News

  • आइतवार, मंसिर ३, २०८०

  • 39
    SHARES
अर्मला क्षेत्रलाई महको पकेट क्षेत्र बनाउदै कृषि सञ्जाल

पोखरा महानगरपालिका१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको

बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै महानगरको ५० प्रतिशत अनुदानबाट यहाँका किसानमौरीपालनतर्फ आकर्षक भएका हुन्

रु २३ लाख ४६ हजार सात सय ७० बराबरका ६६ घरपरिवारलाई ९३ थान मौरीसहितको घार वितरण गरिएको कृषि सञ्जालका अध्यक्षजीतबहादुर बस्नेतले जानकारी दिए ।उनका अनुसार यस कार्यका लगि महानगरबाट प्राप्त रु ११ लाख ९५ हजार सात सय ३० अनुदान किसानबाट सङ्कलित रु एघार लाख ५१ हजार ४० लगानी भइसकेको

गत जेठ महिनामा वितरण गरिएका घारबाट किसानले पहिलो पटक मह उत्पादन सुरु गरेका छन् उक्त सञ्जालले मौरी पालनसम्बन्धीविभिन्न तालिमसमेत प्रदान गर्दै आएको उनको भनाइ थियो

मौरीसहितका घार खरिद गरिएको बताउनुहुने पोखरा१६ स्थित महेन्द्र गुफा चोककी निर्मला बस्नेतले उत्पादित मह बिक्री पनिगरिसकेको बताए

घरमा दुई वर्षअघि खरिद गरेको घार थियो, मह उत्पादन पनि राम्रै भएको उल्लेख गर्दै उनले भने, ‘अनुदानमा पाएको घारका साथै  सुरक्षासामग्री सूर्यमुखी फूलको बीउले मौरी पालनका लागि थप उत्साही बनाएको यस अघिका घारबाट उत्पादित मह पनि प्रतिकेजी रुएक हजार पाँच सयमा बिक्री हुँदै आएको


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News