पोखरा महानगरपालिका–१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेकोछ ।
बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै महानगरको ५० प्रतिशत अनुदानबाट यहाँका किसानमौरीपालनतर्फ आकर्षक भएका हुन्
रु २३ लाख ४६ हजार सात सय ७० बराबरका ६६ घरपरिवारलाई ९३ थान मौरीसहितको घार वितरण गरिएको कृषि सञ्जालका अध्यक्षजीतबहादुर बस्नेतले जानकारी दिए ।उनका अनुसार यस कार्यका लगि महानगरबाट प्राप्त रु ११ लाख ९५ हजार सात सय ३० अनुदान रकिसानबाट सङ्कलित रु एघार लाख ५१ हजार ४० लगानी भइसकेको छ ।
गत जेठ महिनामा वितरण गरिएका घारबाट किसानले पहिलो पटक मह उत्पादन सुरु गरेका छन् । उक्त सञ्जालले मौरी पालनसम्बन्धीविभिन्न तालिमसमेत प्रदान गर्दै आएको उनको भनाइ थियो ।
मौरीसहितका ६ घार खरिद गरिएको बताउनुहुने पोखरा–१६ स्थित महेन्द्र गुफा चोककी निर्मला बस्नेतले उत्पादित मह बिक्री पनिगरिसकेको बताए ।
घरमा दुई वर्षअघि खरिद गरेको घार थियो, मह उत्पादन पनि राम्रै भएको उल्लेख गर्दै उनले भने, ‘अनुदानमा पाएको घारका साथै सुरक्षासामग्री र सूर्यमुखी फूलको बीउले मौरी पालनका लागि थप उत्साही बनाएको छ । यस अघिका घारबाट उत्पादित मह पनि प्रतिकेजी रुएक हजार पाँच सयमा बिक्री हुँदै आएको छ ।’