जलनमा परेका बिरामीहरुको उपचारका लागि ‘बर्न फन्ड’ सञ्चालनमा, जो कोहीले सहयोग गर्न सकिने

जलनमा परेका बिरामीहरुको उपचारका लागि ‘बर्न फन्ड’ सञ्चालनमा, जो कोहीले सहयोग गर्न सकिने

  • Kanchan News

  • मङ्लबार, भदौ ५, २०८०

  • 49
    SHARES
जलनमा परेका बिरामीहरुको उपचारका लागि ‘बर्न फन्ड’ सञ्चालनमा, जो कोहीले सहयोग गर्न सकिने

कीर्तिपुर अस्पतालले जलन उपचार कोष (बर्न फन्ड) सञ्चालनमा ल्याएको छ । प्रतिनिधिसभा सदस्य चन्द्र कान्त भण्डारी, बरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको संरक्षकत्वमा खोलिएको कोषको खातामा जो कोहीले रकम जम्मा गरि जलनमा परेका बिरामीकाे उपचारमा सहयोग गर्न सकिने छ ।

जन स्वास्थ्य सरोकार ट्रष्ट नेपाल (पीएचइसीटी) द्वारा सञ्चालित अस्पतालहरुमा असहाय, बेवारिसे र न्यून आर्थिक स्तर भएका जलनका बिरामीहरुलाई उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ कीर्तिपुर नगरपालिकाको सहकार्यमा उक्त कार्य प्रारम्भ गरिएको हो ।

कोष सञ्चालनको मुख्य उद्धेश्य भनेकै सरकारले सोचेअनुसार अग्नि जलनका बिरामीहरुलाई निशुल्क उपचार गर्नु हो । कोषमा सहयोग गर्न चाहनेले कृषि विकास बैंकको बर्न फन्ड फेक्ट नेपालको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

अब अस्पतालले नेशनल बर्न सेन्टरका रुपमा कीर्तिपूर अस्पताललाई अघि बढाउने एउटा अठोट पनि लिएको छ । कीर्तिपुर अस्पतालका सर्जन डा. शंकरमान राईका अनुसार क्यानडाबाट एक प्लास्टिक सर्जनलाई बोलाएर जलनमा परेका प्रतिनिधिसभा सदस्य भण्डारीको शल्यक्रिया गरिएको र उनको संरक्षणमा भर्खरै बर्न फन्ड स्थापना भएको हो ।

कीर्तिपुर अस्पतालले जलनमा परेका गरिब बिरामीहरूलाई मद्दत गर्दै आइरहेको छ र त्यसलाई अब एउटा ठोस रुप दिनका लागि बर्न फन्ड अघि बढाइएको डा. राईले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News