
गण्डकी प्रदेशमा ३ खर्ब ५१ अर्ब बराबरको कर्जा लगानी भएको छ । आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको
अवधिमा ३ खर्ब ५१ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी रहेको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को चैतमसान्तसम्मको प्रदेशको वित्तीय स्थिति सार्वजनिक गर्दै बैंकले यसैअवधिमा प्रदेशबाट बैंक तथा वित्तीय संस्थामा कूल ४ खर्ब ३९ अर्ब ७०करोड रुपैयाँ निक्षेप संकलन भएको जनाएको छ ।
यो रकम नेपालभरको कल निक्षेप संकलनको ८.०१ प्रतिशतको निक्षेप हिस्सा हो ।