गण्डकी प्रदेशका मुख्यमन्त्रीको गुनासो प्रदेश सरकारसँग पर्याप्त स्रोत र साधन छैन

गण्डकी प्रदेशका मुख्यमन्त्रीको गुनासो प्रदेश सरकारसँग पर्याप्त स्रोत र साधन छैन

  • Kanchan News

  • बुधबार, चैत्र १६, २०७८

  • 113
    SHARES
गण्डकी प्रदेशका मुख्यमन्त्रीको गुनासो प्रदेश सरकारसँग पर्याप्त स्रोत र साधन छैन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसरकारसँग पर्याप्त स्रोत र साधन नभएको बताउनुभएको छ ।

आज (बुधबार) चितवनमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले नारायणी कटान चितवन नवलपुरका लागि मुख्य समस्या भएको बताउँदै तटबन्धका लागि पर्याप्त स्रोत र साधन अभाव भएकाे बताउनुभएको हो ।

प्रदेश सरकारले अझै पनि केन्द्र सरकारकै भर पर्नु परिरहेकाे समेत उहाँले गुनासो गर्नुभएकाे छ । नवलपुरका लागि अझ ठूलो समस्या रहेको तर ठूलो परियोजना समेत भएकाले तटबन्धका लागि केन्द्र सरकारकै भरमा बस्नुपरेको उहाँको भनाइ छ ।

अहिले डिपिआर नै बनाएर नारायणी तटबन्धका लागि केन्द्र सरकारले बजेट समेत दिएको बताउँदै प्रदेशबाट सक्ने बजेट निरन्तर पठाएर नारायणीबाट हुने क्षति रोक्ने काम भइरहेको उहाँले बताउनुभयो । उहाँले प्रदेशकै लाईफलाईन मानिएको कोरला त्रिवेणी सडक खण्डको रोकिएका ठाउँमा समेत काम सुरु गर्ने पहल भईरहेको बताउनु भयाे ।

निकुञ्जका कारण रोकिएको स्थानमा काम गर्न केन्द्रका मन्त्रालयसँग सहमति गरी काम अगाडी बढेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलकाे तर्क छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News