पोखराको नगर सभा स्थगित, कार्यालयमा कांग्रेसको ताला

पोखराको नगर सभा स्थगित, कार्यालयमा कांग्रेसको ताला

  • Kanchan News

  • मङ्लबार, माघ ८, २०८१

  • 40
    SHARES
पोखराको नगर सभा स्थगित, कार्यालयमा कांग्रेसको ताला

विधायन सभा तथा हिउँदे अधिवेशनका रुपमा रहेको पोखरा महानगरपालिकाको १६ औं नगर सभा पुस २८ देखि सुरु भयो । त्यो बेला केही कार्यविधि र ऐन संशोधनका लागि सभामा पेस भएका थिए । सभामा पेस भएका कार्यविधि तथा ऐनको संशोधन प्रस्तावउपर माघ ७ गते दफाबार छलफल गरेर पारित गर्ने भन्दै सभाध्यक्ष धनराज आचार्यले सभा स्थगित गरेका थिए ।उक्त छलफलका लागि सोमबार दिउँसो १ बजे सबै नगर सभा सदस्यहरुलाई डाकिएको थियो । अन्तिम समयमा आएर २ बजेलाई सारियो । अध्यक्ष आचार्यले हलमा पसेर सभा सुरु गर्ने लाग्दा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उठेर विरोध जनाए । सभाध्यक्ष आचार्यले पटकपटक बस्न अनुरोध गर्दा समेत नमानेपछि उनीहरुलाई बोल्ने समय उपलब्ध गराइयो ।उनीहरुले विशेष नगरसभामा भएका सहमति अक्षरश पालना नगरिएको भन्दै विरोध जनाइरहे । अन्ततः उनीहरुले नगरसभा बहिष्कार गरे । केही समयपछि बैठक हलबाट बाहिरिए । कांग्रेस तर्फका जनप्रतिनिधिहरुले बहुमत पुगेको भन्दै बैठक चलाउन दबाब दिएका थिए ।

एमाले जनप्रतिनिधि बाहिरिएपछि सभाध्यक्ष आचार्यले दिउँसो सवा ४ बजेसम्मका लागि सभा स्थगित गरे । बाहिर भने उनीहरुले नाराबाजी गरिरहेका थिए । उनीहरुले विशेष नगर सभामा भएका ९ वटा निर्णय कार्यान्वयन हुनुपर्ने आफूहरुको मुख्य माग रहेको नेकपा एमाले पोखरा महानगर संसदीय दलका नेता राधिकाकुमारी शाहीले बताइन् । ॅती ९ वटा बुँदामा केही कुराहरु कार्यान्वयन हुँदै आएका छन् । तर, विभेदकारी भयो भन्ने कुरा छ,’ उनले भनिन्, ॅत्यसमा दरबन्दी नभएको कामकाजीका कर्मचारीलाई फिर्ता पठाउने भन्ने थियो । त्यसमा केही विभेद गरियो भन्ने कुरा आएको छ ।’

त्यस्तै करारका कर्मचारीलाई ओएनएम स्वीकृत भएर आएपछि बिदा गर्ने सहमति भए पनि केहीलाई चिठी काटिसकिएकाले न्यायपूर्ण नभएको नेता शाहीले बताइन् । ॅयस विषयमा गए सबै करारका कर्मचारी जानुपर्‍यो । नत्र लोकसेवा आयोगबाट आएपछि यहाँको कार्य सम्पादनलाई ध्यान दिएर क्रमिक रुपले पठाउनुपर्‍यो,’ उनले भनिन्, ॅती ९ बुँदामा मै गौरवका योजनाहरुलाई आर्थिक दायित्व सिर्जन हुने गरी नगर्ने, आर्थिक सहायता वितरण र वार्षिक विकास कार्यक्रमबाट स्वीकृत भएका वाहेकका कार्यक्रम वितरण नगर्ने, पदाधिकारी र कर्मचारी वैदेशिक भ्रमणमा जाने कार्यविधिक मापदण्ड बनाउनुपर्ने कार्यविधि ल्याउनुपर्छ भन्ने थियो । त्यो पनि आएन ।’

विरोधबीच सभाध्यक्ष आचार्यले सवा ४ मा सभा सुरु गरे । तर केही समयमा नै आचार्यले माघ १० गते २ बजेसम्मका लागि स्थगित गरे । मेयर आचार्यले आफूहरुलाई भ्रममा पारेर पटकपटक नगरसभा स्थगित गरेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु आक्रोशित बने । मेयरलाई अप्ठेरोमा परेका बेला साथ दिँदा पनि आफूहरुलाई नजरअन्दाज गरेको आरोप लगाउँदै पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन् ।उनीहरूले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन् । बहुमत सदस्य उपस्थित हुँदा पनि मेयरले नगर सभा स्थगित गरेको विरोधमा उनीहरूले ताला लगाएका हुन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News