काठमाडौं ।
पहिलाे पटक तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछी गिजाेलिएकाे नेकपा हुँदै विभाजन पछी नेकपा एमाले करिव ८ महिनापछि अव विस्तारै सङ्लिन थालेकाे छ । फागुन २३ को फैसालपछि पनि विभाजित अवस्थामै रहेको एमालेको माधव नेपाल समूहको मुख्य हिस्सालाई साथमा लिएर अध्यक्ष केपी शर्मा ओलीले वडादेखि केन्द्रसम्मका अधिवेशनहरुको मिति तय गरेका छन् भने उता बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतको एउटा पंक्ति भने छुटेको छ । एमालेबाट विभाजित माधव नेपाल पक्षले नयाँ पार्टीको मान्यता पाउनुभन्दा एक दिन अगाडि नै ओलीले माधव समूहका मुख्य हस्ती १० जना स्थायी कमिटी सदस्यसहितको बैठकमा पार्टीको गति अघि बढाउदै गर्दा माधव नेपाल र झलनाथ खनाल भने नयाँपार्टी दर्ताकाे लागी चन्द्रागिरीमा आफ्ना पक्षका संसद र केही केन्द्रीय नेता सहित भावी रणनीति बनाउँदै छन् ।
अज बिहान ११ बजेकाे लागि बाेलाइएकाे स्ठायी कमिटी बैठक दिउसाे तीन बजेकाे लागि सरेकाे थियाे । यस बैठकले पार्टीका सबै संरचनाहरुलाई मूलभूत रुपमा २०७५ जेठ २ अघि फर्काएको छ । तर नेकपा एकताबाट एमालेमा निरन्तरता दिएका पूर्व माओवादी नेता कार्यकर्ताहरुको हकमा भने यथावत जिम्मेवारी दिएको छ ।
१० बुँदे सहमति कार्यन्वयनका सन्दर्भमा देखा पर्ने समस्या समाधान गर्न महासचिव ईश्वर पोखरेलसहितको सात सदस्यीय कार्यदल गठन गरेको छ भने माधव समूह छाडेका केन्द्रीय सदस्यहरुसहितको पहिलो बैठक भदौ १० गते बस्ने भएको छ ।
त्यस्तै यसअघि भदौ २७ र २८ मा तोकिएको विधान महाधिवेशन असोज ४,५ र ६ गते हुने भएको छ । कात्तिक ६ गते देशभरका वडा वा सो तहका अधिवेशनको मिति तय भएको छ भने कात्तिक ९ गते स्थानीय तहका अधिवेशन तोकिएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म आयोजना हुने भएको छ ।