गण्डकी प्रदेश सरकार गठनको पाँच बर्ष पुरा भएको छ । विहिबार प्रदेश सरकारले आफ्नो स्थापना बर्षको अवसरमा प्रदेश भर सार्वजनिक विदा दिएको छ भने एक औपचारिक कार्यक्रमको समेत आयोजना गरि स्थापना दिवस मनाएको छ । उक्त कार्यक्रममा प्रदेश प्रमुख,...
पोखरा गण्डकी प्रदेशमा अब मन्त्रालय सात ओटा मात्र हुने भएका छन् । खगराज अधकारी नेतृत्वको सरकारले मन्त्रालयको संख्या कटौती गरेरसातवटामा झार्ने भएको हो । आईतबार बसेको सत्ता साझीदार दलको बैठकले प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ७ ओटामात्र बनाउने निर्णय गरेको...
पोखरा गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी सांसद विनाकुमारी थापा निर्वाचित हुनुभएको छ ।संविधानको धारा १८२ रप्रदेशसभा नियमावली ९ अनुसार थापा गण्डकी प्रदेश सभाको उपसभामुख पदमा ३२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । सोमबारबसेको गण्डकी प्रदेश सभा बैठकमा उपसभामुखका लागि...
पोखरा / नेकपा एमालेले गण्डकी प्रदेश सभाको उपसभामुखमा सांसद बिना कुमारी थापालाई बनाउने निर्णय गरेको छ । एमाले गण्डकी प्रदेश सभा संसदीय दलको सोमवार विहान बसेको वैठकले थापालाई उपासभामुख बनाउने निर्णय गरेको एमाले सांसद कृष्ण पाठकले वताए । थापा प्रदेश...
पोखरा गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्ण प्रसाद धिताल निर्वाचित हुनुभएको छ । गोरखा क्षेत्र नं १(१) बाटप्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताल गण्डकी प्रदेशको सभामुखमा शनिवार निर्वाचित हुनुभएको हो । धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा पक्षमा ३२ र विपक्षमा २६...
पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । शुक्रवार विश्वासको मतका लागि संसदमा प्रस्तावपेश गर्नुभएका अधिकारीलाई ३१ सांसदले विश्वासको मत दिएका हुन । अधिकारीकाे पक्षमा ३१ मत परेको छ भने २७ मत मात्रै विपक्षमा परेको छ । स्वतन्त्रत सांसद...
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि अर्थात शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ सहित ३३ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका अधिकारीले भोली बस्ने...
पोखरा नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रोशन बहादुर गाहा मगर मनोनित हुनुभएको छ । नवलपुर निर्वाचन क्षेत्र नं. १ को २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका मगरलाई एमालेले प्रमुख सचेतक बनाएको हो । लगातार दुई पटक...
पोखरा गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयको छ । गण्डकी प्रदेशकोमुख्यमन्त्रीमा आज नियुक्त हुनुभएका अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ बाट सपथ लिनुभएको हो । अधिकारी संविधानको धारा१६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । कास्की निर्वाचन क्षत्र नं. १ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित पुर्वमन्त्रीसमेत रहनुभएका अधिकारी लाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपापार्टी र स्वतन्त्र सांसद दिपक मनाङे भनिने राजिवगुरुङ सहित ३३ सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्री अधिकारीले तिन सदस्य मन्त्री मण्डल समेत विस्तार गर्नुभएको छ । मुख्यमन्त्री अधिकारीले एमाले बाट सिता कुमारी सुन्दास, माओवादी केन्द्र बाट हरि बहादुर चुमान, राप्रपा बाट पञ्चराम गुरुङ लाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । तिनै जना मन्त्रीहरुले प्रदेश प्रमुख गुरुङबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ । ...
© copyright 2024 and all right reserved to Kanchan News