पोखरा गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख तथा म्यागासेस पुरस्कार विजेता महावीर पुनलाई गण्डकी रत्न सम्मान प्रदान गर्ने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रममा पुनलाई गण्डकी रत्न सम्मान प्रदान गर्ने घोषणा गरिएको हो ।...
गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकोछ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते अर्थात आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सार्वजनिक बिदामा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघरसंस्था शिक्षण संस्थासमेतमा...
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल...
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका...
एमसीसी सम्झौता विरुद्ध विभिन्न दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएको छ । उपत्यकामा नियमित झैं सार्वजनिक तथा निजी सवारी साधन चलेका छन् भने बजार पनि खुलेको छ । काठमाडौंबाट बाहिर जाने लामो दूरीमा गाडीहरु निकै कम मात्रामा सञ्चालन...
अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुने दोहोर्याएको छ । अमेरिकी विदेश मन्त्रालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम अधिकार भए पनि सम्झौता अनुमोदन नहुँदा द्विपक्षीय कुटनीतिक सम्बन्धमा प्रभाव...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ । उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा सार्वजनिक भएको हो...
सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ । नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई)द्वारा आइतबार भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट...
गलकोट । समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो । अङ्ग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पखाइमा छa । घना जङ्गलको बीचमा...
© copyright 2025 and all right reserved to Kanchan News