पोखरामै पहिलो पटक QISKIT Fall Fest सम्पन्न, Quantum Computing प्रति विद्यार्थीको आकर्षण बढ्यो

पोखरामै पहिलो पटक QISKIT Fall Fest सम्पन्न, Quantum Computing प्रति विद्यार्थीको आकर्षण बढ्यो

  • Kanchan News

  • शनिबार, मंसिर ७, २०८२

  • 111
    SHARES
पोखरामै पहिलो पटक QISKIT Fall Fest सम्पन्न, Quantum Computing प्रति विद्यार्थीको आकर्षण बढ्यो

पोखरामै पहिलो पटक QISKIT Fall Fest सम्पन्न, Quantum Computing प्रति विद्यार्थीको आकर्षण बढ्यो

पोखरा, (मङ्सिर ०४, २०८२) — पृथ्वीनारायण क्याम्पस, भौतिकशास्त्र विभागले अन्तर्राष्ट्रिय स्तरमा आयोजित QISKIT Fall Fest PNC 2025 सफलतापूर्वक सम्पन्न गरेको छ। क्याम्पसका B.Sc. चौथो वर्ष अन्तर्गत भौतिकशास्त्रका विद्यार्थीहरूको अवधारणामा आधारित यो कार्यक्रम International Year of Quantum (IYQ 2025) को अवसरमा आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन भौतिकशास्त्र विभागका प्रमुख डा. खड्क ब. क्षेत्रीको अध्यक्षता एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका सहायक क्याम्पस प्रमुख डा. विजय ब. थापाको प्रमुख आतिथ्यमा कार्तिक २३ गते सम्पन्न भएको थियो। उद्घाटन समारोहमा , सह–प्राध्यापक कुलप्रसाद दाहाल लगाएतका विभागका पूर्व प्रमुखहरू, बिभागका प्राध्यापक एवं कर्मचारीहरू, QAA प्रतिनिधि, FSU प्रतिनिधि, NPS Gandaki का पदाधिकारीहरू, PAS प्रतिनिधि, तथा विभिन्न संकायका प्राध्यापकहरूको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन सत्रमा वक्ताहरूले Quantum Mechanics Formulation को १०० वर्ष, आधुनिक Quantum Technologies को तीव्र विकास, र विश्वभर अघि बढिरहेको Quantum Education Movement को सन्दर्भमा विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि प्रेरणा दिएका थिए। भौतिकशास्त्र विभाग यस्ता शैक्षिक कार्यक्रमहरूमा अग्रणी रहेकोमा अतिथिहरूले खुलेर प्रशंसा गरेका थिए।

Nov 9–19 (कार्तिक २३ देखि मङ्सिर ३) सम्म सञ्चालन भएको दस दिने प्रशिक्षण कार्यक्रम Event Coordinator युनिक ढकालको संयोजनमा सम्पन्न गरिएको थियो। सहभागीहरूलाई IBM Quantum द्वारा निर्माण गरिएको Qiskit Platform मार्फत: Quantum Circuit, Quantum Algorithm, Noise Mitigation
जस्ता महत्वपूर्ण विषयहरूमा प्रशिक्षण प्रदान गरिएको थियो। विद्यार्थीहरूले Hands-on Session मार्फत वास्तविक Quantum Computer मा प्रयोग हुने कोड लेख्ने, Circuit Simulation चलाउने, र Quantum Solutions डिजाइन गर्ने प्रत्यक्ष अभ्यास गरेका थिए। कार्यक्रमले स्थानीय विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको Exposure प्रदान गरेको सहभागीहरूको भनाइ छ ।कार्यक्रमलाई IBM Quantum ले विश्वभर सञ्चालन गर्दै आएको Qiskit Fall Fest Initiative अन्तर्गत प्राविधिक तथा शैक्षिक सहयोग (Guest Lectures सहित) उपलब्ध गराएको विभागले जनाएको छ।
यसले पोखरामा Quantum Research and Learning Environment निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

कार्यक्रमको समापन सत्र मङ्सिर ०४ गते प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख डा. थापा, विशेष अतिथि NPS Gandaki का अध्यक्ष डा. कृष्णराज अधिकारी, तथा अन्य अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो। समारोहमा कार्यक्रमका उपलब्धि, विद्यार्थी सहभागिता, र आगामी योजनाका विषयमा समिक्षा गरिएको थियो।
विशेष अतिथिहरूले युवाहरूलाई आगामी दिनहरूमा Quantum Computing, Coding Competitions, Hackathons, र Research Internships मार्फत सिकेका ज्ञानलाइ सक्रिय अवलम्बन गर्न एवं यस्ता कार्यक्रममा सहभागिताका लागि प्रोत्साहित गरे। विभागीय प्रमुख डा. खड्क ब. क्षेत्रीले Quantum Computing को अवधारणा स्थापित गर्नमा कार्यक्रम सफल भएको उल्लेख गर्दै, भौतिकशास्त्र विभागले आगामी शनिबार र आइतबार आयोजना हुने दुईदिने Research Training and Workshop कार्यक्रममा विद्यार्थी तथा विभागीय सदस्यहरूलाई सक्रिय सहभागिताको निमन्त्रणा दिए। उहाँले विभागमा Physics Research Committee (PRC) रहेको र सो कमिटीले विभिन्न Resource Person को उपस्थितिमा उक्त प्रशिक्षण सञ्चालन गर्नलागेको जानकारी गराउनुभयो। साथै उहाँले भविष्यमा Qiskit Fall Fest जस्ता अन्य फलदायी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्न IBM जस्तै अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको बताउनुभयो। समापन समारोहमा उत्कृष्ट सहभागीलाई पुरस्कार सहित अन्य सहभागी विद्यार्थीहरूलाई Certificates वितरण गरिएको थियो। कार्यक्रमभर विद्यार्थीहरूको उपस्थिति, जिज्ञासा, र सक्रियता अत्यन्तै सराहनीय रहेको आयोजकहरूले बताएका छन्। विद्यार्थीहरूको भनाइअनुसार यस्ता कार्यक्रमहरूले नेपालमा Quantum Technology Education का लागि नयाँ ढोका खुलेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News