७ मंसिरदेखि मेचीदेखि महाकाली ठप्प पार्ने प्रसाइको चेतावनी

७ मंसिरदेखि मेचीदेखि महाकाली ठप्प पार्ने प्रसाइको चेतावनी

  • Kanchan News

  • सोमवार, मंसिर २, २०८२

  • 25
    SHARES
७ मंसिरदेखि मेचीदेखि महाकाली ठप्प पार्ने प्रसाइको चेतावनी

७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंले मेचीदेखि महाकाली ठप्प पार्ने दाबी गरेका छन् । व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्ने उनको घोषणा छ ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आन्दोलन नरोक्ने बताए । उनले घरमै बसेर एनपीएल हेर्न सुझाव दिए ।

प्रसाईंले भने, ‘व्यवस्था परिवर्तन नभएरसम्म छ्याप्पै महेन्द्र राजमार्गमा बस्ने हो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुन्छ । थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने । बाटामा नआउने ।’देशै ठप्प भयो भने क्रिकेट खेलाडीहरु कसरी मैदानमा पुग्छन् भन्ने पत्रकारको प्रश्नमा उनले हचुवा जवाफ दिँदै भने, ‘खेलाडी त कुदेर पनि गइहाल्छन् नि । प्रश्नमाथि प्रश्न नगर्नुस् न ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News