आज बडा दशैँ, टिकाको साइत ११:५३ बजे

आज बडा दशैँ, टिकाको साइत ११:५३ बजे

  • Kanchan News

  • बिहिबार, अशोज १६, २०८२

  • 53
    SHARES
आज बडा दशैँ, टिकाको साइत ११:५३ बजे

नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने हुन्छ ।

विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ बजेको साइत दिइएको समितिले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News