नयाँ सरकार गठनका वैधानिक विकल्प के ?

नयाँ सरकार गठनका वैधानिक विकल्प के ?

  • Kanchan News

  • बुधबार, भदौ २५, २०८२

  • 32
    SHARES
नयाँ सरकार गठनका वैधानिक विकल्प के ?

अत्यधिक बल प्रयोगबाट १९ जनाको ज्यान गएको भोलिपल्ट युवा आन्दोलनकारीहरुको प्रदर्शन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए ।

त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई संयम हुन आग्रह गर्दै जेनजी आन्दोलनकारीलाई समेत वार्ताका लागि आह्वान गरे ।

नियमित प्रक्रिया हुन्थ्यो भने, प्रधानमन्त्रीको राजीनामा पत्र पाए लगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने हुन्थ्यो । तर, जेनजीको आन्दोलनका कारण सरकारले घुँडा टेकेकाले राष्ट्रपति पौडेलले आन्दोलनरक्ष पक्ष (जेनजी प्रतिनिधि)लाई वार्ताका लागि बोलाएका छन् । उनी अर्को सरकार गठनको प्रक्रियामा हतारिएका छैनन् ।

उनले छलफलका लागि आह्वान गरेर त्यसपछि मात्रै एउटा निष्कर्षकासाथ सरकार गठनको तयारी गरेको बुझिन्छ । राष्ट्रपतिले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउनु भनेको उनीहरूको आन्दोलनलाई स्वीकार गरेर माग सम्बोधन गर्न तत्पर हुनु समेत हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News