
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना सञ्चालनमा आएको छ । गण्डकी जलाधार जलवायु कोषको आर्थिक सहयोगमा नेपाल सरकार र अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ बीच सम्झोता भई वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भु—संरक्षण विभागले कार्यान्वयन गरेको उक्त आयोजना हिमालय ग्रामिण प्राकृतिक स्रोत व्यवस्थापन महिला समुह ९हिमावन्ती० नेपालले सञ्चालनमा ल्याएको हो । सात बर्ष सम्म सञ्चालन हुने यस परियोजनाको मुख्य उद्देश्य पारिस्थिततिकीय प्रणाली र जीविकोपार्जन अनुकूलनक क्रियाकलापहरु मार्फत गण्डकी नदी जलाधार क्षेत्रमा रहेका संकटासन्न समुदायहरुको जलवायु समानुकुलनमा सुधार गर्नु रहेको छ । नेपालको २१ प्रतिशत भू—भाग ओगटेको प्रमुख जलाधार क्षेत्र मध्ये एक गण्डकी नदी बेसीन यस आयोजनाको कार्यक्षेत्र रहेको छ ।
उक्त आयोजनाले जलवायु परिवर्तन अनुकुलनका योजना तयारी तथा कार्यान्वयनको लागि प्रदेश,जिल्ला र पालिका जस्ता राजनैतिक सिमालाई आधार मान्ने प्रवृत्तिलाई परिवर्तन गर्न समग्र जलाधारको क्षेत्रलाई ईकाइ मानेर जलाधारका तल्लो र माथिल्लो तटिय क्षेत्रमा पार्ने प्रभावलाई ध्यान दिदै जलवायु परिर्वतन अनुकुलनका योजना तयारी तथा कार्यान्वयन गर्न सहयोग पुग्ने छ ।
उक्त आयोजना बाट जलवायु द्धारा सिर्जित विषम परिस्थितीहरुको सामना गर्न जलवायु उत्थानशील कृषि वन र जीवीकोपार्जन सुधारका कार्यक्रमहरु कार्यान्वयन हुनेछ भने सिचांई प्रणाली तथा सुधारिएको पानीका श्रोतहरु बाट हुने पानीको उपलब्धता तथा दक्ष उपयोगको लागि कार्यक्रमहरु कार्यान्वयन हुनेछन् । पहिरो र बाढीको प्रभाव कम गर्न प्राकृतिक पारिस्थिततिकीय प्रणालीको पुनस्र्थापनाका कार्यक्रमहरु कार्यान्वयन हुनेछ, जलवायु उत्थानशील पारिस्थितिक प्रणाली कायम राख्न र सम्बद्र्धन गर्न गण्डकी नदी जलाधार क्षेत्रका समुदायहरुको प्राविधिक क्षमता वृद्धि हुनेछ ।
उक्त आयोजना अन्र्तगत हिमावन्ती नेपालले आईतबार पोखरामा आयोजना गरेको जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठीमा बोल्दै वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव जिवनाथ पौडेलले महिला र पुरुष बचिको अर्थोपार्जनमा देखिएको खाडललाई भरिपूर्ण बनाउन उक्त आयोजनाले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । संकटासन्न समुदय र महिलाहरको जिवीकोपार्जनमा सुधार गर्न यस आयोजनाले सहयोग पुग्ने बताउनुभयो । अन्नपूर्ण संरक्षण आयोजनाका प्रमुख रविन कडरियाले जलवायु परिर्वतनले सम्पन्नशाली वर्गलाई भन्दा अति विपन्न वर्गलाई बढी समस्यामा पार्ने बताउदै अति विपन्न परिवारका समुदायलाई उक्त आयोजनाले ठुलो सहयोग पुग्ने दाबी गनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमाल, वृहत जलाधार व्यवस्थापन कार्यालयका प्रमुख श्यामलाल न्यौपाने,सामुदायीक वन उपभोक्ता समुह गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदी लगाएतले बोल्नुभएको थियो ।
हिमावन्ती नेपालका वरिष्ठ उपाध्यक्ष आरती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव निर्मला श्रेष्ठले गर्नुभएको थियो । तिन दिवसिय गोष्ठीमा आयोजना क्षेत्रका सबै महिलाहरुको सहभागिता रहेको छ ।