गण्डकीले ल्यायो करिब ३३ अर्बको बजेट (पूर्णपाठ)

गण्डकीले ल्यायो करिब ३३ अर्बको बजेट (पूर्णपाठ)

  • Kanchan News

  • आइतवार, असार १, २०८२

  • 63
    SHARES
गण्डकीले ल्यायो करिब ३३ अर्बको बजेट (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमाभन्दा झन्डै एक अर्ब घटीको बजेट आगामी आर्थिक वर्षको लागि ल्याएको छ । चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट ल्याएको थियो ।

आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा समयभन्दा ४५ मिनेट ढिला अल्लोको झोला बोकेर आइपुगेका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो । यस्तै, पुँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५९.७ प्रतिशत हो ।

त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.८ प्रतिशत हो । सञ्चित कोषमाथि एक करोड ५४ लाख ५२ हजार व्ययभार पर्ने उनले जनाए ।

सरकारले बजेटको स्रोतका रूपमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदान ६३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ८६ लाख प्राप्त हुने जनाइएको छ । त्यसबाहेक प्रदेशले आन्तरिक राजस्वबाट पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार संकलन गर्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात रहने मन्त्री गुरुङले जनाए । सरकारले नपुग एक अर्ब ७५ करोड आन्तरिक ऋण लिने जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News