पोखरा भ्रमण वर्ष २०२५ घोषणा

पोखरा भ्रमण वर्ष २०२५ घोषणा

  • Kanchan News

  • शनिबार, फाल्गुन ३, २०८१

  • 48
    SHARES
पोखरा भ्रमण वर्ष २०२५ घोषणा

पोखरा । समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन सोच र लक्ष्यका साथ पोखरा महानगरपालिकाले शनिबार पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको छ । पर्यटनको राजधानी पोखरामा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने ध्येयसहित पोखराको नयाँ बजारको प्रदर्शनी केन्द्रमा भएको औपचारिक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भ्रमण वर्षको लोगो अनावरण गरे ।

वर्षभरी पर्यटनका प्रवद्र्धनात्मक गतिविधि गरी पर्यटनको राजधानी पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्ने एवं स्वदेशी तथा विदेशी पर्यटनलाई अहिलेसम्मकै उच्च विन्दुमा पुर्‍याउन ध्यान दिने महानगरका उपमेयर मञ्जुदेवी गुरुङले बताइन् । उनले भ्रमण वर्षको अवसरमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ वर्षभरी गतिविधि गरिने उल्लेख गरिन्

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News