अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन

  • Kanchan News

  • शनिबार, फाल्गुन ३, २०८१

  • 47
    SHARES
अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन

अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरू भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उनीहरूको उपचार सुरू गरिएको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिए। उनका अनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन भएको छ। अनुहारमा जलन भएकाले दुवै जनालाई उच्च निगरानीमा उपचार गरिएको निर्देशक नकर्मीले जानकारी दिए। अनुहारको जलनले स्वासनली र फोक्सोमा समेत असर पर्नसक्ने भएकाले उच्च सावधानी अपनाइएको उनले बताए।

उनीहरूको उपचारमा प्रा.डा. वि.डी. झा, डा. प्रविण गिरी, प्रा.डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुस अर्याल खटिएको अस्पतालले जानकारी दिएको छ। त्यस्तै निर्सिङ टोलीतर्फ रिना गौचन, निर्मला कुँवर र तृष्णा महर्जन खटिएका छन्।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News