४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत् आयोजनामा लगानी जुट्यो

४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत् आयोजनामा लगानी जुट्यो

  • Kanchan News

  • शुक्रबार, माघ २५, २०८१

  • 100
    SHARES
४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत् आयोजनामा लगानी जुट्यो

गोरखामा निर्माण हुने ४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ । आयोजनामा ऋण लगानी गर्ने गरी नेपाल राष्ट्रिय वाणिज्य बैंक र बुढीगण्डकी हाइड्रोपावर कम्पनीबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका सीईओ देवेन्द्ररमण खनालले हस्ताक्षर गरे ।

९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी गरिनेछ । प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ । बैंकले साना ठूला जलविद्युत् आयोजनामा लगानी गरिरहेको खनालले बताए ।

‘बुढीगण्डकी कम्पनीकै दोस्रो आयोजनमा लगानी गरिररहेका छौं,’ उनले भने, ‘पहिलेको आयोजनाजस्तै यो पनि समयअगावै निर्माण सकाउँछ भन्ने आशा गरेका छौं ।’ आयोजना समयमै सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको बुढीगण्डकी कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले बताए । ‘आयोजनाले त्यहाँ सडक पूर्वाधारदेखि पर्यटन प्रवर्द्धनसम्म सहयोग पुर्‍याउनेछ,’ उनले भने, ‘कम्पनीले छिट्टै सेयर पनि जारी गर्नेछ ।’

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News