२४ औं आहा–रारा पोखरा गोल्डकप शुरु,पहिलो खेलमा पुलीस विजयी

२४ औं आहा–रारा पोखरा गोल्डकप शुरु,पहिलो खेलमा पुलीस विजयी

  • Kanchan News

  • मङ्लबार, माघ २२, २०८१

  • 24
    SHARES
२४ औं आहा–रारा पोखरा गोल्डकप शुरु,पहिलो खेलमा पुलीस विजयी

पोखरामा मंगलबारबाट सुरु भएको २४ औं आहा–रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब विभागीय टोली नेपाल पुलिससँग १–० ले स्तब्ध भएको छ । पुलिसका उज्वल राईको गोलको मद्दतले ६ पल्टको उपाधि विजेता पुलिस प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको हो ।

खेलको ३६ औं मिनेटमा पुलिसले पाएको कर्नरको सदुपयोग गर्दै राईले पुलिसलाई अग्रता दिलाए । उनको ‘लेफ्ट फुट’ प्रहार सानदार गोलमा परिणत भएको थियो । खेलमा उनी प्लेयर अफ द म्याच घोषित भए ।

अग्रता जोगाउन सक्दा पुलिसले क्वाटरफाइनलको यात्रा तय गर्‍यो । तीन विदेशी खेलाडी र आफ्नै एकेडेमीका खेलाडी लिएर मैदानमा उत्रिएको सहारा यसपल्ट पहिलो खेलमा हार व्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले माघ २६ मा ब्रिगेड ब्वाइज क्लब, यूकेसँग क्वाटरफाइनल खेल्ने छ । बुधबारको खेल विभागीय टोली एपीएफ र ए डिभिजन लिग टिम मछिन्द्र फुटबल क्लबबीच हुने छ ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । सहारा क्लब पोखराले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गरेको छ । उद्घाटन समारोहमा उनलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित क्लबले सम्मान गरेको हो । उक्त पुरस्कार बापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रदान गर्दै आएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News