गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

  • Kanchan News

  • बिहिबार, कार्तिक २९, २०८१

  • 40
    SHARES
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेको गौचन म्याग्दीकी हुन् ।

कांग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षत्रीले काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिजो राति साढे ११ बजेतिर निधन भएको जानकारी दिए । उनलाई डेंगु भएको थियो । काठमाडौंमै रहेको उनलाई राति असहज भएपछि अस्पताल लगिएको र हृदयाघात भएको चिकित्सकलाई उदधृत गर्दै आफन्तले जनाएका छन् ।

तिहार अघि उनी प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको त्रिवेणी कोरला सडकको उपल्लो खण्डको अवलोकनका लागि कोरला गएकी थिइन् ।

त्यसअघि दसैंताका दामोदर कुण्ड गएका बेला लेक लागेर अलपत्र परेकी उनलाई नेपाली सेनाले उद्दार गरेको थियो ।

उनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्ठि गरिने पारिवारिक सोतले जनाएको छ ।गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News