सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बागलुङ पठाइएको छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई शनिबार काठमाडौं ल्याइएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बागलुङ पठाएको हो । उनलाई प्रहरीले आइतबार काठमाडौंबाट जहाजमा पोखरा ल्याई बागलुङ लगेको छ ।
प्रहरीले देवकुमारका दाजु ओमप्रसाद दर्जीलाई पनि पक्राउ गररे बागलुङ पठाएको छ । सोमबार उनीहरुलाई अदालत लैजाने प्रहरीको तयारी छ । नेपालीमाथि इमेज सहकारीको बचत अपचलन गरकोे आरोप छ ।
उनले यो सहकारीको १ अर्ब ८० करोड ठगी गररे फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए ।