गण्डकीमा मन्त्रालय नथप्ने अडानमा एमाले,मुख्यमन्त्री नौ मन्त्रालय बनाउने पक्षमा

गण्डकीमा मन्त्रालय नथप्ने अडानमा एमाले,मुख्यमन्त्री नौ मन्त्रालय बनाउने पक्षमा

  • Kanchan News

  • आइतवार, साउन २०, २०८१

  • 49
    SHARES
गण्डकीमा मन्त्रालय नथप्ने अडानमा एमाले,मुख्यमन्त्री नौ  मन्त्रालय बनाउने पक्षमा

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताएका छन् ।

शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’को विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको संख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताए । एमालेले मन्त्रालयको संख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको संख्या बढाएर १२ सम्म पु¥याउनेमा रहेको देखिएको उनको संकेत थियो । केन्द्रीय गठबन्धन परिवर्तन भएको एक महिना बित्दा समेत गण्डकी प्रदेशमा एमाले सरकारमा सहभागिता नभएको विषयमा चासो बढिरहेको समयमा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता समेत रहेका अधिकारीले संवाद भने भइरहेको खुलाएका हुन् । उनले वर्तमान मुख्यमन्त्रीले भनेझैं मन्त्रालयको संख्या बढाउन त्यति सजिलो भने नरहेको दाबी गरे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News