सामाजिक परिवर्तनका लागि नयाँ पाईला नेपालले गर्‍यो सडक र पार्कमा वृक्षारोपण

सामाजिक परिवर्तनका लागि नयाँ पाईला नेपालले गर्‍यो सडक र पार्कमा वृक्षारोपण

  • Kanchan News

  • शुक्रबार, असार १५, २०८१

  • 194
    SHARES
सामाजिक परिवर्तनका लागि नयाँ पाईला नेपालले गर्‍यो सडक र पार्कमा वृक्षारोपण

विश्व वृक्षारोपण दिवसका अवसरमा पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीको पोखरीचौरमा वृक्षारोपण गरिएको छ । सामाजिक परिवर्तनका लागि नयाँ पाईला नेपालको आयोजनामा पोखराचौरको पार्क र सडकमा वृक्षारोपण गरिएको हो । २०० भन्दा वढी कल्की, धुपी, अशोका र दालचिनी लगायतका विरुवाहरू लौके खोला देखि माजिम खोला सम्मको मोटरवाटोको किनारमा रोपण गर्ने कार्यक्रम संस्थाले अगाडि बढाए सँगै शुक्रवार देखि यसको थालनी गरिएको हो ।
एक कार्यक्रमका बिच आयोजना गरिएको वृक्षारोपण कार्यक्रमको अवसरमा विहादी गाउँपालिकाका अध्यक्ष्य परवीन गुरुङले वृक्षारोपण कार्य अत्यन्तै सह्रानीय रहेको बताउदै उक्त संस्थाले आगामि दिनमा रचनात्मक र सिर्जनात्मक कार्यहरु गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले गाउँपालिकाले यस्ता किसिमका कार्य गर्नका लागि संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वृक्षारोपणले कृषककोे आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्न मद्धत गर्ने बताउनुभयो ।
नेकपा एमाले विहादी गाउँपालिका कमिटिका अध्यक्ष ओम प्रसाद कुवँरले वृक्षारोपणको कार्यले वातावरणलाई सफा स्वच्छ निर्मल राख्नुका साथै भावि पिंडीका लागी सम्पत्ति बन्ने बताउदै मदन भण्डारीको जन्मदिनको अवसरमा वृक्षारोपण कार्यमा सहभागी हुन पाएकोमा खुःसी व्यक्त गर्नुभयो ।
विहादी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गणेश प्रसाद पराजुलले रुख रोप्नु भन्दा हुर्काउनु र संरक्षण गर्नु महत्वपूर्ण रहेको बताउदै यसको संरक्षणको लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वृक्षारोपण कार्यक्रमको व्यवस्थापन र जिल्ला वन कार्यालय पर्वत बाट विरुवा ल्याउने कार्यको सहजिकरण तत्कालिन वन मन्त्रीका प्रेस संयोजक तथा पत्रकार,लेखक माधव पराजुलीले गर्नुभएको थियो ।
सामाजिक परिर्वतनका लागि नयाँ पाईला नेपालका अध्यक्ष गुण बहादुर सुनारको अध्यक्षतमा भएको वृक्षारोपण कार्यक्रमको सञ्चालन संस्थाका महासचिव राम प्रसाद पराजुलीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News