बिहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख

बिहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख

  • Kanchan News

  • मङ्लबार, असार ५, २०८१

  • 102
    SHARES
बिहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख

पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को बजेट सार्वजानिक गरेको छ ।  गाउँपालिकाको १५ औँ गाउँसभाले ४६ करोड ४७ लाख ९३ हजार बजेट सार्वजानिक गरेको हो । संघ, प्रदेश र स्थानीय तहले तोकिएको समयभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ । यस अनुसार, संघीय सरकारले १५ जेठमा, प्रदेश सरकारले १ असार र स्थानीय सरकारले असार मसान्तभित्र बजेट ल्याइसक्नुपर्छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले स्थानीय तहको बजेट सम्बन्धित नगर तथा गाउँ सभामा १० असारभित्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस अनुरुप बिहादीले असारको ३ गते नै नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको हो ।

सोमवार आयोजित १५ औँ गाउँ सभा मार्फत बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गदै गाउँपालिका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक विकास, सामजिक क्षेत्र, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका विषयमा बजेट बिनियोजन गरिएको जानकारी दिए । साथै उनले विहादी गाउँपालिकाले समुन्नत बिहादी, सम्मानीत बिहादीबासी भन्ने दिर्घकालीन सोचको लक्षय हाँसिल गर्न उत्पादनशील शिक्षित, मर्यादित रोजगारीको अवसार प्राप्त गरि प्रयाप्त आयआर्जन गर्ने उद्देश्य अगाडि बढेको छ । गाउँपालिकाले ‘एक घर एक करेसावारी, एक घर एक टनेल कार्यक्रम, स्थानीय सरकारको साझेदारी, बाँझो रहन्न खेतवारी, कृषि तथ्याङक संकलन गर्ने तथा नियमित अवाधिक गर्न जि.आइ एस र मिोट सेन्सिङ्ग प्रविधि ल्याउने, एक वडा एक आ.पि.एम कार्यक्रम संचालन गरी उद्यमी तयार गर्ने, एक वडा एक चिस्यान केन्द्रको अवधारण अगाढी बढाईने, उन्नत जातका गाई र भैंसी खरिदमा अनुदान दिई पालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने, कृषि एम्बुलेन्स खरिद गर्ने, पालीकाले तरकारी लगायत अन्य वस्तु खरिद गरी बजार पठाउने, एक वडा एक कृषि तथा पशुपंक्षी फर्म कार्यक्रम का साथ उत्पादन लाई प्रोत्साहन गरिने विहादीमा अध्यक्ष कप खेलकुद महोत्सवको आयोजना गरीने तथा जेष्ठ नागरीक सम्मान र अशक्त सहायता जस्ता महत्वपूर्ण कार्यक्रम अगाडि सारेको जानकारी दिए ।

बजेट सार्वजानिक गदै गाउँपालिकाकी उपाध्याक्ष मिना शर्मा तिवारीले चालुखर्च तर्फ ७३.३८ प्रतिशत अर्थात ३३ करोड १७ लाख ८८ हजार रुपैयाँ बिनियोजित गरेको बताईन । जसमध्ये कार्यालय संचालन तथा प्रशासनिक चालु खर्च ११ करोड, ३८ लाख १९ हजार ६५ रुपैयाँ, सशर्त अनुदानको चालु खर्च २१ करोड ३९ लाख ६९ हजार र विपद् व्यवस्थापन तथा राहत कोषमा १५ लाख बिन्योजन गरेकी छन् । त्यस्तै प्रदेश शशर्त अनुदानको चालु खर्च ४० लाख रुपैयाँ बिनियोजन गरेको बताईन । पुँजीगत तर्फ २८.६३ अर्थात १३ करोड ३० लाख ५ हजार ३३४ रुपैयाँ विनियोजन भएको छ । जसमा संघीय सरकार सशर्त अनुदान तर्फ २ करोड ८ लाख, पालिकास्तरीय आयोजना र वडागत आयोजना तर्फ ४ करोड ११ लाख ६८ हजार ३३४ रुपैयाँ, संघीय सरकारबाट समपुरक अनुदान (विहादी गाउँपालिकामा सिँचाई आयोजना) तर्फ २ करोड,संघीय सरकारबाट प्राप्त विशेष अनुदान तर्फ (बिहादी गाउँपालिका हाईटेक टनेल निर्माणको लागि) १ करोड ५० लाख, , प्रदेश समपुरक अनुदान ६० लाख र समपुरक कोषमा ३ करोड बिनियोजन गरको छ ।

विषयगत कार्यालय मार्फत पशु विकास शाखालाई २८ लाख, कृषि विकास शाखालाई ६६ लाख, सामजिक सुरक्षा तथा पञ्जीकरण इकाईलाई ११ लाख, महिला दलित बालबालिका तथा जेष्ठ नागरिक शाखा तर्फ २२ लाख ५०, रोजगार सेवा केन्द्र ६ लाख, शिक्षा युवा तथा खेलकुद विकास शाखालाई १ करोड ५१ लाख ६९ हजार,स्वास्थ्य शाखालाई ५५ लाख, न्यायीक समिति ५लाख रुपैयाँ विन्योजन गरेको गाउँपालिकाकी उपाध्याक्ष तिवारीले गण्डकी संचारलाई जानकारी दिईन ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News